मंगलबार ०९ आश्विन २०८०

बाजुरा / सुदूरपश्चिम प्रदेश सरकारका योजनाबाट प्राविधिकले दश प्रतिशतसम्म कमि’शन लिएको पाइएको छ । प्रदेश सरकारबाट संचालित विभिन्न योजनाहरुको उपभोत्ता समितिमार्फत १० प्रतिशत रकम भाग लगाए मात्र काम गरिदिने गरेको उपभोक्ता समितिहरूले गु’नासो गरेका छन् ।

प्राविधिकले प्रत्येक योजनाबाट १० प्रतिशत रकम लिएर बिल उठाइरहेको उपभोक्ताको आ’रोप रहेको छ । प्राविधिकहरुले योजनाको स्थलगत अनुु’गमन नगरेर मार्तडीमै बसेर बिल उठाउने गरेको पाइएको छ ।

प्रदेशको जिल्ला डिभिजन वन कार्यालय बाजुराअन्र्तगत पर्यटन पूर्वाधार कार्यक्रम तथा प्रदेश भूर्वाधार कार्यक्रम अन्तर्गतका योजनाबाट कमि’सन लिएर योजनाको भूक्तानी दिने गरेको एक उपभोक्ता समितिका अध्यक्षले बताएका छन् ।

जिल्लामा पर्यटन पूर्वाधार कार्यक्रम अन्र्तगत २९ योजना र प्रदेश पूर्वाधार कार्यक्रम अन्र्तगत २७ योजना रहेका छन् । जिल्ला डिभिजन वन कार्यालय बाजुराका सूचना अधिकारी राजन कुँवरका अनुसार सबै योजनामा प्राविधिक नपुुगेको स्वीकार गर्दै जनशक्ति थप्नुपर्ने बताए।

पर्यटन पूर्वाधार कार्यक्रमअन्र्तगत बाजुरा खटा’इएका इञ्जिनियर प्रशान्त बोहराले भने क’मिशन लिएको सत्य नभएको बताए । योजना सञ्चालनका क्रममा भएका विभिन्न खर्चको विवरणलाई कमि’शनको नाम दिन नमिल्ने उनको त’र्क छ । – news 24 nepal बा’ट ।

१५७७ पटक हेरिएको

तपाईको प्रतिक्रिया