शुक्रबार २२ मंसिर २०८०

सङ्खुवासभा / सङ्खुवासभाको खाँदबारी नगरपालिका-८ का सन्तोष श्रेष्ठले आफ्नो विवाहमा निषेधाज्ञाका बीच बेहुलीलाई आफैले मोटरसाइकलमा चढाएर घरमा भित्र्याएका छन् ।

विश्वव्यापी महामा’रीको रुपमा रहेको को’रोना भा’इरसको
जो’खिमबाट बाँ’च्न र बचा’उन मानिसहरूको जमघट तथा भीडभाड नगर्न अन्तर्राष्ट्रिय रुपमै प्रचार भइरहेकोले सवैलाई सुरक्षित रहन सजिलो होस् भनेर यस किसिमको विवाह गरेको उनको भनाइ रहेको छ ।

संखुवासभा जिल्लाकै धर्मदेवी नगरपालिकाको आँखीभूईँबाट ती बेहुला–बेहुली मोटरसाइकलमा खाँदबारी फर्किएका हुन् । बेहुला सन्तोषले धर्मदेवी नगरपालिका-७ की चन्द्रिका श्रेष्ठसँग विवाह गरेका हुन् ।

अति सामान्य किसिमले सम्पन्न गरिएको सो विवाहमा अन्य कुनै पनि किसिमको तड’कभडक देखिएन । को’भिड-१९ का कारण जिल्लाका कुनैपनि स्थानमा १५ जनाभन्दा बढी मानिसहरू उपस्थित हुन जिल्ला प्रशासन कार्यालय सङ्खुवासभाले रो’क लगाएको छ ।

८८९ पटक हेरिएको

तपाईको प्रतिक्रिया