बुधबार २२ मंसिर २०७८

मनाङ / मनाङ चामे गाउँपालिका वडा नं ४ र ५ जोड्ने मस्र्याङदी नदीमा पहिरो ख’स्दा नदि पूर्ण रुपमा थुनिएको छ । वडा नं ४ र ५ जोड्ने मस्र्याङ्दी नदी थु’निँदा चामेबजार जाने ठूलो पुल जो’खिममा रहेको प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले जानकारी दिए ।

उनले भने, “अहिले यहाँ निरन्तर वर्षा भइरहेको छ, चामेबजार जाने ठूलो पुल नजीक पहिरो खस्दा मस्र्याङ्दी नदी थुनि’एको छ, नदी थु’निँदा पानीको सतह झन्झन् बढ्दै गएको छ, जो’खिम झनै बढेको छ ।” चामेको बजार क्षेत्र हुँदै झरेको घट्टेखोलाले ढुङ्गामाटो र काठ, दाउरा बगाएर ल्याएपछि नदी थु’निएको हो ।

माथिबाट झ’रेको पहिरो ढुङ्गा,माटो र काठ,दाउराले मस्र्याङ्दी नदी थुनिँ’दा पानी ज’मेर ठूलो ड्याम बनेको छ । थुनि’एको भागबाट मस्र्याङ्दी बगे पनि पानी निरन्तर परिरहेकाले बहाव बढेको छ । यसबाट चामेको पारिपट्टिको भाग डु’बानमा छ । सिङ्गो चामेबजार जो’खिममा परेको छ । बाढीले चामेबाट माथिल्लो मनाङतर्फ जाने एकमात्र बेलीब्रिजसमेत क’टान गरेको छ । नदीमा बाढी बढ्दै गएकाले चामेबजार उच्च जो’खिममा परेको छ ।

प्रजिअ लामिछानेका अनुसार नदीको बहाव बढ्दै गएको र यसले चामेबजार थप जो’खिममा परेको छ । उनले नेपाली सेनामार्फत ब’म वि’स्फोट गराई मस्र्याङ्दी खुलाउने भनिएकामा पानी निरन्तर परिरहेकाले सम’स्या भएको बताए ।

सुरक्षाका सबै निकायसँग समन्वय गरी अहिले खुलाउने प्रयास भइरहेको उनले बताए । लगातारको वर्षातले पानीको बहाव बढेकाले जो’खिम उ’च्च रहेको प्रजिअ लामिछानेले बताए । त्यही कारण चामे क्षेत्रका स्थानीयवासीलाई स’तर्क रहन भनिएको उनले जानकारी दिए ।

हुम्रे प्रह’री चौकीसहित पाँच घर पूर्णरुपमा विस्था’पित :

ङिस्याङ गाउँपालिकामा रहेको हुम्रे प्र’हरी चौकी बाढी पहिराको जो’खिममा परेको छ । गत सोमबारदेखि परेको अविरल वर्षाका कारण पालिकाको हुम्रे प्र’हरी चौकी जो’खिममा परेको हो । चौकी जो’खिममा परेपछि सबै सामान सुरक्षित स्थानमा सारिएको छ । चौकीका साथै पाँच घर पूर्णरुपमा विस्था’पित भएका छन् ।

विस्था’पितलाई सुरिक्षत स्थानमा राखिएको गाउँपालिकाका जन’स्वास्थ्य प्रमुख श्रीनारायण यादवले जानकारी दिए । जिल्लामा प्राकृतिक प्रको’प झनै बढ्दै गएपछि अब के गर्ने भन्ने विषयमा राष्ट्रिय वि’पद् व्यवस्थापन समितिको आक’स्मिक बैठक बसिरहेको प्रमुख जिल्ला अधिकारी लामिछानेले बताए ।

४०६ पटक हेरिएको

तपाईको प्रतिक्रिया