
काठमाडौँ / को’रोना सं’क्रमण र यसको प्रभा’वका कारण देशभरका अधि’कांश निजी विद्यालय संक’टमा परेका छन् । प्याब्सन, एनप्याब्सन लगायतमा आ’बद्ध साना लगानीमा सञ्चालित निजी विद्यालय ब’न्द हुने अवस्थामा पुगेका छन् भने ठूलो लगानी रहेका विद्यालय पनि अत्य’धिक संक’टमा छन् । विद्यालयहरू संक’टमा परेपछि शिक्षकलाई तलब समेत खुवाउन सकेका छैनन् ।
लकडा’उनका कारण आर्थिक गतिविधि पर्याप्त मात्रामा चलायमान नहुँदा घरभाडा, ब्याज, कर, विद्यालयका शिक्षकलाई तलब जोहो गर्न ह’म्मेहम्मे परेको निजी विद्यालय सञ्चालकको गुना’सो छ ।
कोरो’नाले सामान्य अभिभावकको आम्दानी खोसि’एपछि आफ्ना छोराछोरीलाई सामुदायिक विद्यालयमा पढाउने क्रम बढेको पी’डित अभिभावकहरु बताउँछन् । यसैका कारण पनि निजी विद्यालय थप संक’टमा पर्दै जान थालेका हुन् ।
हाल देशभर झन्डै १० हजार निजी विद्यालय रहेका छन् । यही अवस्था रहिरहे सयौं विद्यालय ब’न्द हुन सक्ने सञ्चालकको भनाइ छ । वैक’ल्पिक विधिबाट कक्षाहरू भए पनि अभिभावकले पूर्ण शुल्क नतिरेकाले सं’कट बेहो’र्नुपरेको निजी विद्यालयका सञ्चालक बताउँछन् । यो समा’चार आजको रा’जधानी दैनि’कमा छ ।