आइतबार १७ मंसिर २०८०

काठमाडौं / आयरल्याण्ड र डेनमार्कले नेपाललाई को’रोना सं’क्रमण नियन्त्रण र रोकथामका लागि स्वा’स्थ्य सामग्री सहयोग गरेको छ ।

युरोपेली संघको नागरिक सुरक्षा संयन्त्रमार्फत प्रदान गरिएका सामग्रीहरु शुक्रबार नेपालस्थित युरोपेली युनिएनका राजदूत नोना डेप्रेजले स्वास्थ्य तथा जनसंख्या मन्त्री शेरबहादुर तामाङलाई हस्तान्तरण गरेका हुन् ।

सहयोग गरिएको सामाग्रीमा अक्सिजन कन्स’न्ट्रेटर, भेन्टि’लेटर, अक्सिमिटर, रेष्पिरेटर मोनिटरलगायत छन् । स्वा’स्थ्य सामग्री बुझ्दै स्वा’स्थ्य मन्त्री शेरबहादुर तामाङले प्रभावित क्षेत्रमा स्वा’स्थ्य सामग्रीको उचित प्रयोग गरिने प्रतिव’द्धता जनाए ।

नेपाललाई को’रोना महामारीमुक्त बनाउनका लागि सवैले आफ्नो ठाँउबाट सक्दो सहयोग गर्न उनले आग्रह गरे । युरोपेली युनियनको कार्यक्रम अन्तर्गत यसअघि पनि विभिन्न राष्ट्रहरुले नेपाललाई स्वा’स्थ्य सामाग्री हस्तान्तरण गरिसकेको छन् ।

६०५ पटक हेरिएको

तपाईको प्रतिक्रिया