
एजेन्सी / उत्तर कोरियाका नेता किम जोङ उनले पहिलो पटक औपचारिक रुपमा उनको देश खानाको चर’म अभा’वसँग जुधिर’हेको स्वीकार गरेका छन् । आफ्नो आफ्नो पार्टीको वरिष्ठ नेताको बैठकमा मानिसहरुको खानाको स्थिति अब तना’वपूर्ण हुँदै गइरहेको बताएका छन् ।
किमले अघिल्लो वर्ष आएको बा’ढीका कारण कृषि क्षेत्रले अन्नपातको उत्पादनमा आफ्नो लक्ष्य हासिल गर्न नसकेको उनले बताएका छन् । बीबीसीमा प्रकाशित रिपोर्टका अनुसार उत्तर कोरियामा खाद्य सामग्रीको मूल्यले आकाश छोइरहेको छ । उत्तर कोरियाली समाचार एजेन्सी एनके न्यूजका अनुसार उत्तर कोरियामा केरा प्रति किलो ४५ सय डलर (लगभग पाँच हजार रुपैयाँ) मा बिकिरहेको छ ।
उत्तर कोरियामा सं’कट को’रोना महा’मारीका कारण पनि गम्भी’र भएको छ किनभने उसले छिमेकी देशसँग आफ्नो सीमा ब’न्द गरेको छ । यसैकारण चीनसँग व्यापार कम भयो । उत्तर कोरिया खाद्य सामग्री, मल र इन्धनका लागि चीनमाथि निर्भर छ ।
यसका साथै उत्तर कोरिया अन्तर्राष्ट्रिय प्रतिब’न्धसँग पनि जुधि’रहेको छ जुन उनको प’रमाणु कार्यक्रमका कारण लगाइएको थियो । किम जोङ उनले देशको सत्ताधारी वर्कर्स पार्टीको महत्वपूर्ण सेन्ट्रल कमिटीको बैठकमा देशमा खानाको हा’हाकारको स्थितिबारे चर्चा गरे जुन यसै हप्ता राजधानी प्योंगयांगमा सुरु भयो ।
उत्तर कोरियामा कृषि उत्पादनमा कमी आएको छ तर किमले बैठकमा पछिल्लो एक वर्षको तुलना गर्ने हो भने देशको औद्योगिक उत्पादनमा वृद्धि भएको बताएका छन् । बैठकमा अमेरिका र दक्षिण कोरियासँगको सम्बन्धबारे पनि चर्चा हुने बताइएको थियो तर यसबारे जानकारी भने दिइएको छैन ।
किमले यस वर्या अप्रिलमा पनि उनको देश कठि’नाइसँग गुज्रिरहे’को स्वीकारेका थिए । किमको यो स्वीकारोक्तिलाई दुर्ल’भ मानिएको थियो । उनले त्यतिबेला अधिकारीसँग आफ्ना जनतालाई मुश्कि’लबाट थोरै भएपनि रा’हत प्रदान गर्नका लागि पुनः एक ‘मु’श्किल मार्च’ सुरु गरिने बताएका थिए ।
यो शब्दको प्रयोग उत्तर कोरियामा ९० को दशकमा गरिएको थियो जब देश भारी अनिका’लसँग जुधि’रहेको थियो । त्यतिबेला सोभियत संघ बिघ’टन भएपछि उत्तर कोरियाले मद्दत पाउन ब’न्द भएको थियो ।
उक्त अनि’कालको समयमा भोक’मरीले कति जनाको मृ’त्यु भएको थियो, यसको स्पष्ट जानकारी त छैन तर यो संख्या करिब ३० लाख भएको हुनसक्ने अनुमान गरिएको छ ।