
ओखलढुंगा / अन्तरजा’तीय विवाह गरेको आरो’पमा चम्पादेवी गाउँपालिका ३, ताप्केडाँडाका मित्रबहादुर तामाङको अन्ये’ष्टिमा दुई छोराहरुलाई सहभागी हुन रो’क लगाइएको छ । ७० वर्षीय तामाङको गत जेठ २९ मा घरमै नि’धन भएको थियो ।
उनका चार भाइ छोराहरु छन् । त्यसमध्ये माइला शंकर तामाङ र कान्छो प्रदीपलाई अन्र्तजा’तीय बिहे गरेको कारण देखाएर बुवाको अन्त्ये’ष्टिमा सहभागी हुन समाजले रो’क लगाएको छ । उक्त कामको नेतृत्व वडाअध्यक्ष बलबहादुर तामाङले गरेका छन् ।
वडाअध्यक्ष तामाङले समुदायलाई उका’सेर बुवाको मुख हेर्नसम्म नदिएको शंकर र प्रदीपको गुना’सो छ । बुवा बि’तेको खबर सुनेपछि शंकर धादिङबाट र कान्छो प्रदीप काठमाडौंबाट घर पुगेका थिए । तर बुवाको अन्त्ये’ष्टि स्थलमा पुगेका उनीहरुलाई माटो चढा’उन पनि रो’क लगाइयो ।
‘यदि तिमी र तिम्रो भाइ कान्छाले छो’यौँ भने सबै मला’मी फर्किन्छौं भनेर रोकियो, ‘शंकरले भने, ‘त्यसपछि आमा रु’नुभयो र तिमीहरु फर्क नत्र म झुन्डि’एर म’र्छु भनेपछि हामी त्यही दिन काठमाडौं फर्कियौं ।’ उनीहरु फर्किएपछि जेठो यामबहादुर र साइलो तुलबहादुरले बुवाको अन्त्ये’ष्टि तथा परम्परा अनुसार कामकाज गरेका छन् ।
शुक्रबार घरमा बुवाको काजकिरिया भइरहेको छ । तर माइलो र कान्छो काठमाडौंमै छन् । अन्त्ये’ष्टिका मुख्य पू’जारी लामाले क्रि’यापुत्रीको रुपमा सहभागी भएपनि होउ भने । तर वडाअध्यक्ष बलबहादुर तामाङको नेतृत्वको गाउँलेले नदिएको उनीहरुको आ’रोप छ ।
‘तिमीहरु का’नुनी रुपले जहाँ गए पनि जाउ । अन्ति’ममा मिल्ने समाजमै हो । देशको कानु’न र समाजको का’नुन फरक हुन्छ भनेर वडा अध्यक्षले थ’र्काए’ शंकरले भने । शंकरले क्षत्री थ’रकी बिहे गरेका हुन भने कान्छा भाइ प्रदिपले दलि’त समुदायकी के’टीसँग बिहे गरेका थिए । । यस गाउँमा जा’तीय कारण देखाएर वि’भेद गरिएको पहिलो घट’ना भने होइन ।
सोही गाउँका राजु तामाङले दुईवर्ष अघि हजुरबुवा बि’त्दा आफूलाई अन्र्तजा’तीय बि’हे गरेको भन्दै वि’भेदको प्रयास गरिएको बताए । वडाअध्यक्ष बलबहादुर तामाङ भने यो आ’रोप सरासर झु’टो भएको दा’वी गरे ।
‘उनीहरु दाजुभाइमै कुरा भएपछि आफैले हामी छुँदैनौँ भनेर हिँडेका हुन्, ’ वडाअध्यक्षले भने, ‘मेरो कुनै भूमिका छैन ।’ तर उनले मंगलबार भने संचारकर्मीसँगको टेलिफोन कुराकानीमा तामाङ समुदायको संस्कार भएकाले त्यही अनुसार उनीहरुलाई रो’क लगाइएको गरिएको जवाफ दिएका थिए ।
जा’तीय विभेदको शि’कार बनेका छोराहरु राजनीतिक रं’ग गाँसिएको बताउँछन् । राजनीतिक रुपले समर्थन नगर्ने भएकोले वडाअध्यक्षको भूमिका यस्तो हुनसक्ने अनुमान गरिएको छ । किनभने अघिल्लो वर्ष मात्रै वडाअध्यक्षको हजुरआमा बि’त्दा उनका काकाले नेवार थ’रकी केटी विवाह गरेको भए पनि काज कि’रियामा सहभागी गराइएको थियो ।
जिल्लास्थित द’लित अधिकारकर्मी बलबहादुर परियार देशको का’नुन एउटा र गाउँमा ठूला’ठालुले चलाउने अर्को का’नुन भएको बताउँछन् । यस्ता विभे’दका घट’नामा जनप्रतिनिधिले मल’जल गर्ने अवस्था आउनु दु:ख’द भएको उनले बताए । – शिवप्रसाद ढुङ्गाना / अन्न’पूर्ण पो’ष्ट बाट ।