
काठमाडौं / मनसुन प्रवेशसँगै परेको भारी वर्षापछि आएको बाढी, पहिरो र हावाहुरीका कारण मुलुकका विभिन्न जिल्ल्लामा ११ ज’नाको मृ’त्यु भएको छ । जेठ ३१ देखि आज अपराह्नसम्म ७ जनाको मृ’त्यु भएकोमा साँझ थप चार जनाको श’व फे’ला परेको गृह मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार बाढीपहिरोमा परेर सिन्धुपाल्चोकमा तीन, बाजुरा, गोरखा, पाल्पा, डोटी, जुम्ला, अर्घाखाँची, कास्की र काभ्रेमा एक/एक जनाको मृ’त्यु भएको हो ।
यस्तै विभिन्न जिल्लामा अहिलेसम्म २५ जना हरा’इरहेका छन् । प्राप्त विवरणअनुसार सिन्धुपाल्चोकमा १५ जना सम्पर्क वि’हिन छन् । भारी वर्षा र हावाहुरीका कारण जाजरकोटको ४ हजार ८०० मिटरको उचारमा रहेको जलजला पाटनबाट सात जना हरा’इरहेका छन् ।
यस्तै बाजुरा, प्यूठान, अर्घाखाँचीमा एक/एक जना बेप’त्ता रहेको मन्त्रालयले जनाएको छ । अहिलेसम्म ११ जना घा’इते रहेको र उनीहरूको विभिन्न अस्प’तालमा उप’चार भइरहेको छ । केही घा’इतेलाई से’नाको हेलिक’प्टरबाट उप’चारका लागि काठमाडौँ ल्याइएको छ ।
अहिले रा’हत, खो’ज तथा उ’द्धार कार्य जारी रहेको राष्ट्रिय आपतका’लिन कार्य सञ्चालन केन्द्रका प्रमुख दिलकुमार तामाङले जानकारी दिए । आज मनाङमा समेत रा’हत लिएर से’नाको हेलिकप्टर पुगेको जनाइएको छ ।
अहिलेसम्म बा’ढी पहि’रोका कारण विभिन्न जिल्लामा १२९ घर पूर्ण र ११४ घरमा आंशिक क्ष’ति पुगेको छ ।