शनिबार १८ मंसिर २०७८

आजको पञ्चाङ्ग, वि.सं. २०७८ आषाढ ०४ गते शुक्रवार तदनुसार ई. सं. २०२१ जुन १८ तारिख, रा:’क्षस नामक संवत्सर, शाके :– १९४३, सूर्य उत्तरायण, गृष्म ऋतु, ने.सं. :– ११४१, (तछलाथ्व), इटहरी, सुनसरी, नेपालमा सूर्योदय : बिहान ०५:०५ बजे र सूर्यास्त : साँझ ०६:४९ बजे, काठमाण्डौं, नेपालमा सूर्योदय : बिहान ०५:११ बजे र सूर्यास्त : साँझ ०६:५९ बजे, पोखरा, कास्की, नेपालमा सूर्योदय : बिहान ०५:१५ बजे र सूर्यास्त : साँझ ०७:०६ बजे, ज्येष्ठ शुक्लपक्षको अष्टमी तिथि, दिउँसो ०४:२४ बजेसम्म, त्यसपछि नवमी तिथि ।

उत्तराफाल्गुनी नक्षत्र, साँझ ०६:१२ बजेसम्म, त्यसपछि हस्ता नक्षत्र, चन्द्रमा कन्या राशिमा (अहोरात्र व्याप्त), व्यतिपात योग, मध्यरात्रीपछि १२:०४ बजेसम्म, त्यसपछि वरीयान् योग, विष्टि (भद्रा) करण, दिउँसो ०५:२६ बजेसम्म त्यसपछि बब करण, आनन्दादि योग : शुभ, चन्द्रवर्ण : कालो, चन्द्रदिशा : दक्षिण, योगिनीदिशा : ईशान, वारशूल : पश्चिम, वाणपञ्चकमध्ये नृप वा’ण : साँझ ०५:३० पछि, नक्षत्र शूल : उत्तर, कालराहु चक्रमा कालको दिशा : आग्नेय र पाशको दिशा : वायव्य, आज : अष्टमी व्रत, गोरखकाली पूजा, वायु अष्टमी, आजको मूहुर्त : अग्निवास(सामान्य यज्ञ र हव’न गर्न मिल्ने दिन), शुभविवाह (पाणिग्रहण), पसल थाप्ने, शिलान्यास (सामान्य), डेरा सर्ने, कलशचक्र,

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –

स्वास्थ्यका दृष्टिकोणले समेत यो राम्रो समय छ । आर्थिक लाभ हुनेछ । ऋणसापटी लिनदिन आजको दिन अनुकूल छ । पारिवारिक जीवन सामान्य र सन्तोषप्रद रहने छ । प्रतिद्वन्द्वीहरूका माझमा आफ्नो क्षमता प्रदर्शन गर्ने दिन हो, आज । घरपरिवार र साथीभाइको राम्रो साथसहयोग प्राप्त हुनेछ । जीवनसँगीसित रहेको वैचारिक मतभि’न्नताको समा’प्ति हुनेछ । आजका लागि शुभअङ्क : ६ र शुभरङ्ग : रातो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ नागदेवताभ्यो नम: न्यूनतम जापसङ्ख्या : ०९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –

व्यवसायिक क्षेत्रबाट राम्रो लाभ प्राप्त हुनेछ । छोराछोरीबाट सन्तोष प्राप्त हुनेछ । साँझमा दिनभरिका क्रियाकलापको लेखाजोखा गर्न मन लाग्नेछ । बुद्धिपक्ष र प्राज्ञिक क्षेत्रमा राम्रो छ । कामधन्दा र व्यवसायका लागि काम गर्ने राम्रो वातावरण बन्नेछ । बौद्धिक क्षमताको प्रस्फुटन हुनाले सृजनात्मक सफलता मिल्नेछ । आजको चिन्तन र विचारले काम गर्नसक्छ । आजका लागि शुभअङ्क : ५ र शुभरङ्ग : पहेंलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ वाग्देव्यै नम: न्यूनतम जापसङ्ख्या : ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –

घरायसी वातावरणमा केही असामान्यता देखिन सक्छ । परिवारभित्रका झि’नामसिना काममा धेरै समय खर्चनु पर्नेछ । मनमा देखिने अस्थि’रता अधैर्य’ताका कारण निर्णायक क्षम’तामा क’मी आउने छ । कामधन्दामा अर्काको भर नपर्नु नै राम्रो हो, मित्र, सहयोगी र नातागोताको साथ पाइँदैन । कुनै नयाँ काम गर्नुछ भने जान्नेबुझ्ने वा ठूलाबडाको सहयोग लिनु राम्रो हुन्छ । आजका लागि शुभअङ्क : ४ र शुभरङ्ग : घिउ रङ हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ सों सोमाय नम न्यूनतम जापसङ्ख्या : ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –

प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ । प्रतिस्प’र्धीहरूले हा’र खानेछन् भने सहयोगीहरूले राम्रो साथ दिनेछन् । दोहोर्याएर प्रयत्न गर्दा रो’किएका काम बन्न सक्छन् । थोरै लाभ भए पनि ठूलो आवश्यकता पूरा हुनेछ ।साथीभाइसँगको सम्बन्ध आत्मीय बन्नेछ । हाँकेको/ताकेको काममा आफन्तहरूले राम्रो सहयोग र सद्भाव प्रदान गर्नेछन् । आजका लागि शुभअङ्क : ३ र शुभरङ्ग : रातो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ विघ्नविनाशिने नम: न्यूनतम जापसङ्ख्या : २१ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –

परिवारमा ठूलो जमघट वा कुनै धार्मिक सामाजिक कार्य सम्पन्न हुनेछ । विशिष्ट व्यक्तिले तपाईंको विचारको कदर गर्नेछन् । स्वा’स्थ्यस्थिति सन्तोषजनक रहने छ । बन्दव्यापार फस्टाउने योग छ । प्राविधिक काममा विशेष सफलता प्राप्त हुनाले आत्मसन्तुष्टि प्राप्त हुनेछ । आभूषण, श्रृङ्गार, साजसज्जा, फेसनडिजाइन र सञ्चार क्षेत्रका व्यवसायीले राम्रो लाभ प्राप्त गर्नेछन् । आजका लागि शुभअङ्क : २ र शुभरङ्ग : पहेंलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ महालक्ष्म्यै नम: न्यूनतम जापसङ्ख्या : ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –

आफ्नै घरमा चन्द्रमाको उपस्थिति भए पनि समय त्यत्ति भरपर्दो छैन । श्रममूलक काममा निकै खट्नु पर्ने समय छ । व्यवहारिक सम’स्याले सता’उन सक्छ । बन्दव्यापार र पेसा/व्यवसायमा सफलता नै मिल्ने समय छ । भोगवि’लास र मनोरञ्जनका क्षेत्रमा खर्च गर्न मन आकर्षित बन्नेछ । नयाँ काम गर्ने सोच पलाउन सक्छ, तर कार्यान्वयन प’क्ष जटि’ल छ । आजका लागि शुभअङ्क : १ र शुभरङ्ग : रातो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ गं गणपतये नम: न्यूनतम जापसङ्ख्या : २१ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –

व्यवसायिक जीवन यथावत रहने छ । व्ययस्थानमा चन्द्रमा रहेकाले काममा लगानीको समय छ । चुनौतीका बाबजुद नसोचेको काम बन्न सक्छ । धैर्यले काम लिने समय छ । छर–छिमेकमा भने केही असम’झदारी बढ्ने योग छ । प्रतिस्पर्धाबाट फाइदा उठाउन सकिने छ । वैदेशिक क्षेत्रबाट लाभ लिने मौका छ । अनावश्यक यात्राबाट जोगिनु राम्रो हुन्छ । आजका लागि शुभअङ्क : ३ र शुभरङ्ग : नीलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ शं शनैश्चराय नम: न्यूनतम जापसङ्ख्या : २३ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –

मनमा वै’राग्यको भावना पलाउन सक्छ । सामाजिक क्षेत्रका कामबाट लाभ लिन सकिने छ, तर गर्नैपर्ने काममा वि’लम्ब हुनसक्छ । यश, सम्मान र प्रतिष्ठामा बढावा हुन्छ तर सद्भाव र प्रेममा क’मी आउने छ । प्रेमी/प्रेमिकाका भावना र धारणाका कारण खि’न्नता बढ्नेछ । स्वा’स्थ्यमा सा’मान्य स’मस्या देखिनाले मनमा उमङ्ग र उत्साहको क’मी हुनेछ । आजका लागि शुभअङ्क : २ र शुभरङ्ग : बैजनी वा पहेंलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ कुलदेवताभ्यो नम: न्यूनतम जापसङ्ख्या : ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –

प्रयाससाध्य समय छ धैर्य गरी मिहिनेत गरेमा कार्यसिद्धि हुनसक्छ । प्राविधिक काममा सफलता प्राप्त हुने छ । आत्मविश्वास जाग्नेछ । अभिभावकको आशीर्वादले काम गर्नसक्छ । हाकिम वा विशिष्ट व्यक्तिको विचारले प्रभावित तुल्याउन सक्छ । श्रममूलक काममा मन जानेछ । व्यवसाय बढाउने वा नवीन रोजगारीको अवसर आउने छ । आजका लागि शुभअङ्क : १ र शुभरङ्ग : हरियो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ श्रियै नम: न्यूनतम जापसङ्ख्या : २१ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –

सामाजिक उत्तरदायित्व वहन गर्दै फाइदा हुने काम र जिम्मेवारी हात पार्ने मौका छ । आफ्नो वर्ग वा क्षेत्रको नेतृत्व हातलागी हुनेछ । धेरैले तपाईंका कामको तारिफ गर्नेछन् । कीर्तिमानी काम गर्ने समय छ । दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । सहयोगीहरूले साथ दिनेछन् । आँटेका काम पनि सजिलै बन्नेछन् । गरेका कामबाट धेरैलाई फाइदा पुग्न सक्छ । आजका लागि शुभअङ्क : ९ र शुभरङ्ग : गाढा पहेंलो वा केशरी हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ धर्मराजाय नम: न्यूनतम जापसङ्ख्या : ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –

धन, धर्म र भाग्यमा हा’नी पुग्ने सम्भावना छ । गर्नु नपर्ने काम पनि बढी समय लगाएर गर्नु पर्ला । अ’प्रिय समाचार सुन्नु पर्दा मन खि’न्न हुने स्थिति आउने छ । तपाइको व्यक्तिगत दृष्टिकोण उ’ल्टो हुने देखिन्छ । प्र’तिकूल समयले घेरेको छ, संय’म रहनु होला । सानातिना काम र घरेलु सम’स्यामा नै आजको समय व्य’तीत हुनेछ । आजका लागि शुभअङ्क : ८ र शुभरङ्ग : नीलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ मृ’त्युञ्जयाय नम: न्यूनतम जापसङ्ख्या : २१ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –

दाम्पत्य सम्बन्धमा सुमधुरताको प्राप्ति हुनेछ । सुरुमा घरपरिवारका सदस्य र साथीभाइसँग मतभिन्नता भएपनि अ’न्त्यमा उनीहरू सकारात्मक देखिनेछन् । बालबच्चाबाट सुखसन्तोष प्राप्त हुनेछ । रमणीय र सुखद यात्राको योग छ । जीवनसाथी वा आमाको सल्लाहमा गरिएको काममा सफलता प्राप्त हुनेछ । बन्दव्यापारबाट राम्रै आय हुनसक्छ । आजका लागि शुभअङ्क : ७ र शुभरङ्ग : सेतो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ शुं शुक्राय नम: न्यूनतम जापसङ्ख्या : ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

३४९ पटक हेरिएको

तपाईको प्रतिक्रिया