आइतबार १७ मंसिर २०८०

हिन्दु धर्म अनुसार लक्ष्मीलाई धनकी देवी भनेर पुज्ने गरिन्छ । लक्ष्मीलाई सुन्दरताको साथै सफल सौभाग्य,समृद्धि र सम्पन्नताको स्रोतको रुपमा पनि मानिन्छ । लक्ष्मीलाई खुसी पार्न सके धनी भइन्छ भन्ने हिन्दु धर्मावलम्बीहरुको विश्वास रहेको छ ।

त्यसैले आज हामी तपाईहरुलाई लक्ष्मी मातालाई कसरी खुसी पार्ने र सम्पन्न बनाउने भन्ने बारे जानकारी दिन गइरहेका छौँ ।

१) धनका मालिक भनिएका कुबेरको मूर्ति घरमा राखे लक्ष्मी खुसी हुन्छिन् भन्ने विश्वास रहेको छ । कुबेरले लक्ष्मीको रक्षा गर्ने भएकोले कुबेरको मूर्ति राख्ने ठाउँ सफा हुनुपर्ने छ ।

२) श्रीफल भनिने नरिवल चढाउँदा लक्ष्मी खुसी हुन्छिन् भन्ने विश्वास रहेको छ । धर्मशास्त्र अनुसार श्रीफल भनेको पनि लक्ष्मी नै हुन् ।

३) पारोले बुनेका चित्र वा मूर्ति घरमा राख्नु फलदायी मानिन्छ भने पारोले बनाएका जुनसुकै कुराहरु राख्नु लक्ष्मीको लागि विशेष मानिन्छ ।

४) समुन्द्रबाट उत्पति भएकी भनिएकी लक्ष्मीलाई मुगा निकै मन पर्ने धार्मिक शास्त्रमा उल्लेख छ। मुगा चढाउँदा धन प्राप्त हुने विश्वास छ ।

५) चाँदिले बनेका लक्ष्मी र गणेशका मूर्ति एकै ठाउँमा राख्नु राम्रोे मानिन्छ । घरमा राखिएका यस्ता मूर्तिको पुजा दैनिक रुपमा गरिनुपर्ने छ ।

६) लक्ष्मीलाई खुसी पार्ने अर्को उपाय हो श्री यन्त्रको प्रयोग र यसको पुजा गर्नाले लक्ष्मी खुसी हुने विश्वास रहेको छ।

७) कमलको बियो लक्ष्मीलाई चढाउँदा लक्ष्मी प्रसन्न हुने विश्वास रहेको छ । कमलको बियोले घरमा धनको वृद्धि हुने छ।

८) लक्ष्मीलाई एकदम सफासुग्घर ठाउँ मात्र मनपर्ने हुनाले तपाईंको घर, आँगन, भान्साकोठा, पूजाकोठा, सुत्ने ओछ्यान सधैँ सफासुग्घर र च’ट्ट मिलेको हुनुपर्दछ । फोहोर र सामान य’त्रतत्र छरिएको ठाउँमा लक्ष्मीले बास नगर्ने जनविश्वास रहेको छ ।

९) आफ्नो सोच र व्यवहारलाई सधैँ सकारात्मक बनाएर काममा निरन्तर अघि बढ्नुपर्छ । किनभने कर्म नगरी धन प्राप्ति हुँदैन र त्यसका साथै नका’रात्मक सोचले काम गरेमा कालान्तरमा उ’ल्टै हा’नीनोक्सानी पुर्याउने गर्दछ ।

९४६ पटक हेरिएको

तपाईको प्रतिक्रिया