
टोकियो (एजेन्सी) / जापान सरकारले विदेश भ्रमणमा जाने आफ्ना नागरिकलाई खो’प पासपोर्टको व्यवस्था गर्ने घो’षणा गरेको छ ।
अर्को महिनादेखि यस्तो व्यवस्था गर्ने कुरा जापान सरकारले बिहीबार जनाएको हो । विश्वभर पर्यटन र व्यवसायीक भ्रमण खुलाउन लागिरहँदा जापानले यस्तो तयारी गरेको हो ।
“विदेश भ्रमण गर्न चाहने नागरिकलाई हामी खो’पको प्रमाणपत्र जारी गराउने तयारी गरेका छौँ,” सरकारका प्रवक्ता कात्सुनोबु कातोले बताए । प्रमाणपत्र डिजिटल प्रणालीको नभएर कागजमा आधारित हुनेछ । जुन अर्को महिनादेखि स्थानीय सरकारले नै जारी गर्ने उनले बताए ।
यूरोपियन यूनियनले भने यही समर सिजनलाई लक्षित गर्दै डिजिटल खोप पासपोर्टको तयारी गरेको छ । जसले गर्दा अत्यावश्यक भ्रमणका लागि यात्रा गर्नेहरुका लागि उपयोगी हुनेछ । साथै ईयूका मुलुकहरुमा राष्ट्रिय स्तरमा प्रमाणपत्र उपलब्ध गराउने योजना रहेको बताइएको छ ।
ईयूले तयार पार्ने प्रमाणपत्रमा कुनै व्यक्तिले खो’प लगाएको छ वा को’भिड सं’क्रमण, नेगेटि’भ र नि’को भइसकेको जस्ता जानकारी उल्लेख हुन्छ । गत महिना अमेरिकाले विदेश जान चाहने खोप लगाएका अमेरिकी नागरिकका लागि यो कार्यक्रम विशेष दस्तावेजीकरण भएको प्रतिक्रिया दिएको थियो ।
यद्यपि यस्तो उपाय कतिपय ठाउँमा विवा’दित समेत बनेको छ । कन्जरभेटिभ पार्टीका राज्य फ्लोरिडा र टेक्ससले खोप लगाएर विदेश भ्रमण गर्ने यस्तो उपायलाई वि’रोध गरेका छन् । मानिसको आधारभूत अधिकार हन’न हुने उनीहरुको त’र्क छ ।
अन्य देशको तुलनामा जापानमा खोप अभियान ढिला सुरु भएको थियो । तर पछिल्ला सातामा यो कार्यक्रम ति’ब्र रुपमा बढेको छ । जापान सरकरले हालसम्म ६ प्रतिशत नागरिकलाई मात्रै खो’प वितरण गरेको छ ।
तर जापानले विदेशीको भ्रमणका लागि लगभग सबै सीमा ब’न्द गरेको छ । तर जुलाइमा टो’कियोमा हुने ओलम्पिकका लागि भने जापानले नियमहरु खु’कुलो बनाउने बुझिएको छ।