शुक्रबार २२ मंसिर २०८०

एजेन्सी / अस्ट्रेलिया सरकारले को’भिड-१९ विरु’द्धको अस्ट्राजेनिका खो’प ६० वर्षभन्दा माथिको उमेरका व्यक्तिलाई मात्र लगाउने जनाएको छ । यसअघि यो खो’प ५० वर्षभन्दा माथिको उमेरका व्यक्तिलाई दिइन्थ्यो ।

गत साता अस्ट्राजेनिका खो’प लगाएकी एक ५२ वर्षीया महिलाको मस्ति’ष्कमा रग’त जमेका कारण मृ’त्यु भएपछि सरकारले उमेर बढाएको हो ।

स्वा’स्थ्य मन्त्री ग्रेग हन्टले बिहीबारको नयाँ घो’षणा गर्दा कुनै वैज्ञानिक तथ्यमा आधारित भएर नगरिएको बताउँदै सरकारले सचे’तता अपनाउन चाहेको स्पष्ट गरे ।

अस्ट्रेलियाले ५० देखि ५९ वर्षको उमेरका व्यक्तिलाई सरकारले स्वीकृत गरेको फाइजर खो’प लगाउन सिफारिस गरेको छ । अस्ट्रेलियामा अस्ट्राजेनिका खो’प लगाएका मध्ये दुई व्यक्तिको मस्ति’ष्कमा र’गत जम्ने सम’स्याबाट मृ’त्यु भएको आशं’का गरिएको छ ।

सर्वप्रथम गत अप्रिलमा अस्ट्राजेनिकाको खोप लगाएकी ४८ वर्षीया एक महिलाको मृ’त्यु भएको थियो । ती महिलाको मृ’त्यु भएसँगै सरकारले ५० वर्षभन्दा माथिको उमेरका व्यक्तिलाई मात्र अस्ट्राजेनिका खो’प लगाउन सिफारिस गरेको थियो ।

अस्ट्राजेनिका खो’प लगाएका व्यक्तिमा मस्ति’ष्कमा रग’त ज’म्ने सम’स्या नदेखिएका व्यक्तिलाई मात्र दोस्रो डोज खो’प लगाउन सरकारले अनुरोध गरेको थियो ।

अस्ट्रेलिया सरकारले आफ्ना नागरिकका लागि अमेरिकी खो’प उत्पादक मोडर्नाका खोपहरु चाँडै भित्र्याउने योजना बनाएको छ, र यसै वर्षको अ’न्त्य सम्ममा सबै वयस्क व्यक्तिलाई कम्तीमा एक डोज खोप लगाउने घो’षणा गरेको छ ।

९४३ पटक हेरिएको

तपाईको प्रतिक्रिया