मंगलबार ०९ आश्विन २०८०

सर्लाही / सर्लाहीका बजारहरुमा स्वास्थ्यका दृष्टिकोणले हा’निकारक मानिने कार्बाइड प्रयोग गरेर पकाइएको आँप बिक्री वितरण भइरहेको छ ।

स्थानीय किसानहरुको बगैँचामा फलेको आँप असारको तेस्रो सातापछि मात्र पाक्ने भएपछि व्यापारीहरुले कार्बाइड प्रयोग गरेर पकाइएको आँप बिक्री वितरण गर्न शुरु गरेका हुन् ।

भारत तथा नेपालका विभिन्न स्थानमा रहेका फलफूलका गोदाममा कार्बाइड प्रयोग गरी पकाएका आँपहरु जिल्ला सदरमुकाम मलङ्गवासहित हरिपुर, बरथवा, वयलवास, हरिवन र लालबन्दीलगायतका बजारका साथै गाउँगाउँमा समेत विक्री वितरण भइरहेको स्थानीयवासी रमेश अधिकारीले बताउनुभयो ।

वि’षादी हालेर पकाइको आँपका कारण स्वा’स्थ्यमा जो’खिम बढेको लालबन्दी नगरपालिका–६ का सुरेश बस्नेतले बताउनुभयो ।

उहाँका अनुसार वि’षादी हालेर पकाइएको आँप खाँदा उनको छोरो दुई\तीन दिनदेखि बिरा’मी परेको छ । नौ वर्षीय छोरो श्रीजलले झाडाप’खाला तथा बा’न्ता गरेको उहाँले बताउनुभयो ।

यसरी विभिन्न वि’षादी प्रयोग गरेर पकाइएको आँप स्वा’स्थ्यका लागि हानि’कारक हुने भएकाले खान नहुने प्राथमिक स्वा’स्थ्य केन्द्र लालबन्दीका प्रमुख डा प्रगति राना मगरले बताउनुभायो ।

कार्बाइड प्रयोग गरिएको आँप खाँदा छालाको रो’ग, पेट दु’ख्ने, बा’न्ता हुने लगायत स्वास्थ्य समस्या हुने भएकाले यस्तो आँप नखान डा रानाले सुझाव दिनुभयो । news 24 nepal बा’ट ।

११३४ पटक हेरिएको

तपाईको प्रतिक्रिया