बुधबार ०३ कार्तिक २०७८

लण्डन / बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले को’भिड-१९ को भाइ’रस चीनको ल्याबबाट लि’क भएजस्तो आफूलाई नलागेको बताएका छन् । बेलायतका प्रधानमन्त्री जोन्सनले ग्रुप अफ सेभेन (जी७) को पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै सो कुरा बताएका हुन् ।

उनले पत्रकार सम्मेलनमा भनेका थिए, ‘सुरुमा चीनको वुहान सहरको एक ल्याबबाट कोरो’ना भाइर’सको कि’टाणु लिक भएर निस्किएको भन्ने सुनिएको थियो, तर अहिले आएर हेर्दा त्यो हो जस्तो लाग्दैन ।’

सन् २०१९ को डिसेम्बरको अ’न्त्यतिर आएको एक समाचारमा यसको कि’टाणु उक्त ल्या’बबाट निस्किएको भनिएको थियो । विशेष गरेर अमेरिकाले सो कुरा बताएको थियो।

तर चीनले भने अमेरिकाको यो दोषा’रोपण मात्र हो भनेको थियो । विश्व स्वा’स्थ्य संगठनले पनि चीनमा पुगेरै यस विषयमा अनुस’न्धान गरेको थियो । उता केही समयअघि बेलायतका विदेशमन्त्री डोमिनिक राबले को’रोना भा’इरस ज’नावरबाट मानिसमा सरेको देखिएको बताएका थिए ।

उनले यस विषयमा बेलायतका वैज्ञानिकहरुले गरेको एक विशेष अनुस’न्धानबाट को’रोना भा’इरस जनावरबाट मानिसमा सरेको पाइएको बताएका थिए ।

२०४ पटक हेरिएको

तपाईको प्रतिक्रिया