सोमबार १३ चैत्र २०७९

काठमाडौं / अविरल वर्षाका कारण सिन्धुपाल्चोकमा ठूलो धनजनको क्ष’ती भएको छ । अहिले सम्म ७ श’व फेला परेका छन् । जसमध्ये ६ जनाको पहिचान खुलेको छ भने एक जनाको पहिचान खुलेको छैन । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाबाट इन्द्रावती नदीले बगाएर बे’पत्ता बनाएकाहरुको श’व फेला परेको सिन्धुपाल्चोकका सहायक प्रजिअ बाबुराम खनालले जानकारी दिए ।

हेलम्बुमा आएको बाढीले मेलम्ची खानेपानी आयोजनाको क्याम्प बगाएपछि अलपत्र परेका ४७ जना कामदारहरु उ’द्धार गरिएको छ । अझै २३ जना कामदार सम्पर्क वि’हिन छन् । हेलम्बु गाउँपालिका (१ आम्बाथानमा रहेको आयोजनाको मुहान नजिकैको क्याम्पमा बस्ने ७० जना कामदार तथा आयोजनाका कर्मचारीहरु बाढीमा फ’सेका थिए ।

आयोजनामा फसेका ४७ जना कामदारहरुलाई नेपाली से’ना तथा निजी कम्पनीको हेलिकप्टरबाट उ’द्धार गरी धुलिखेल अस्पतालमा राखिएको छ । मंगलबार राति आएको बाढीले कामदारहरु बसेको क्याम्प बगाएको थियो । केही कामदारहरु भा’गेर ज्या’न जो’गाए, कोही त्यहीँ फसे’का थिए भने कोही अझै सम्पर्क वि’हिन छन् ।

मेलम्ची खानेपानी आयोजनाको हेडवक्र्स निर्माण कार्य भइरहेकाले नेपाली, चिनियाँ र भारतीय तथा आयोजनाको कर्मचारी सहित ७० जना कामदार क्याम्पमा थिए । बाढीले मेलम्ची खानेपानी आयोजनामा क्षति पुगे पनि हालसम्म सुरुङ भने सुरक्षित छ । सम्पर्क वि’हिन भएकाहरुको अवस्था अहिले सम्म थाहा छैन ।

७३० पटक हेरिएको

तपाईको प्रतिक्रिया