आइतबार १७ मंसिर २०८०

काठमाडौ / सामाजिक अभियन्ताको रुपमा परिचित हेमराज थापाको समुह सुर्खेत स्थित राउटे बस्तीमा राहत लिएर पुगेका छन् । उनीहरु खाद्यान्न लगायतका सामग्री वितरण गरेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक गरेका छन् ।

केही दिन अघि राउटे समुदाय कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई भेट्न पुगेका थिए । मन्त्रालयमा पुगेका उनीहरुले आफुहरुलाई खाद्यान्न लगायतका सामग्री सहयोग गर्न आग्रह गरेका थिए । शुक्रबार मुख्यमन्त्रीको कार्यालय सुर्खेतमा राउटे परिवार पुगेर सहयोग मागेका थिए । सरकारी सहयोग नपुग्दै थापाको समुह राहत लिएर पुगेका हुन् ।

मुख्यमन्त्रीसंगको भेटमा राउटे समुदायले दैनिक उपभोग्य सामाग्रीको अभाव भएको भन्दै सहयोगका लागि मुख्यमन्त्रीलाई आग्रह गरेका थिए । मुख्यमन्त्री शाहीले राउटे समुदायको संरक्षण एवं खाद्यान्न लगायतको सामाग्री सरकारले उपलब्ध गराउने प्रतिब’द्धता जनाएका छन् । शाहीले खाद्यान्न लगायतका दैनिक उपभोग्य सामाग्रीको प्रबन्ध गर्न सामाजिक विकास मन्त्रालयलाई निर्देशन समेत दिएको उनको सचिवालयले जनाएको छ ।

राउटे समुदायका युवतीहरुमाथि भएको घ’टना बाहिरिएपछि उनीहरुको सुरक्षा प्रदान गर्ने उद्देश्यले स्थानीय प्रशासनले राउटे वस्तीमा अन्य व्यक्तिहरुलाई जान रोक लगाएको हो । तर पनि वाहिरका ब्यक्ति उनीहरुको सम्पर्कमा जाने प्रयास भने जारी राखेको देखिन्छ । भिडियोमा युव’तीहरु माथि भएको घट’ना सार्वजनिक भएपछि उनीहरुका बारेमा थप चासो बढेको छ ।

११६८ पटक हेरिएको

तपाईको प्रतिक्रिया