शुक्रबार ०५ कार्तिक २०७८

दाङ / अविरल वर्षाका कारण दाङको राप्ती नदीमा आएको बाढीले मङ्गलबारदेखि बेलाघाटमा फ’सेका चारजनालाई आज सुरक्षाकर्मीले उ’द्धार गरेका छन् ।

लमही–७ हस्नापुर र राजपुर गाउँपालिकाको बेलाघाटको बीचको टापुमा फ’सेका चारजनालाई आज बिहान सकुशल उ’द्धार गरिएको प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले जानकारी दिनुभयो ।

भैँसी चराउन गएका राजपुर गाउँपालिका–२ का ४५ वर्षीया सावित्रा यादव, सोही ठाउँका २६ वर्षीय राधे यादव, राजपुर गाउँपालिका–३ का २६ वर्षीय गणेश यादव र लमही–७ का ४८ वर्षीय मनराम चौधरीको उद्धार गरिएको पनि प्रजिअ पौडेलले जानकारी दिनुभयो ।

जिल्ला आपत्का’लीन केन्द्रका प्रमुख विश्वप्रकाश अर्यालले टापुमा फ’सेका उनीहरूलाई उद्धा’रका लागि गए राति नै रबर बोटसहित सुरक्षाकर्मी परिचालन गरिए पनि नदीमा पानीको बहाव नघटेपछि उद्धा’रमा कठिनाइ भएको बताउनुभयो । पन्ध्र वटा भैँसी लिएर चढाउन गएका उनीहरू रातभरि सोही टापुमा बसेका थिए । भैँसी भने उतै रहेको बताइएको छ ।

स’शस्त्र प्र’हरी २९ नं गण भालुवाङ्का सश’स्त्र प्रह’री उपरीक्षक टोपबहादुर खनाल, ४१ नं गण अर्जुन खोलाका प्रमुख यादव विश्वकर्मा, लमही नगरपालिकाका प्रमुख कुलबहादुर केसी, राजपुर गाउँपालिकाका अध्यक्ष लोकराज केसी, लमही नगरपालिका–७ का वडाध्यक्ष मोहन गिरी, वडा प्रहरी कार्यालय लमहीका प्रह’री निरी’क्षक राजन पौडेल, इलाका प्र’हरी कार्यालय गढवा प्रहरी निरीक्षक राजकुमार भट्ट, इलाका प्र’हरी कार्यालय अमिलियाक प्र’हरी निरीक्षक राजीव श्रेष्ठ, रणसिङ दल गुल्म अर्जुन खोलाको टोली राप्ती नदी पुगेको थियो ।

२८८ पटक हेरिएको

तपाईको प्रतिक्रिया