
काठमाडौं / बेलायत सरकारले को’भिड–१९ महा’मारीको सङ्क’टसँग सा’मना गरिरहेका नेपाल सहित दक्षिण एशियाली र अन्य देशमा जनस्वास्थ्यका क्षेत्रमा प्रदान गर्दै आएको सहायता बजेटलाई कटौ’ती गरेको छ ।
उसले अन्तरराष्ट्रिय परिवार नियो’जन महासङ्घ (आइपिपिएफ) मार्फत् सहयोग गर्दै आएको करिव एकसय मिलियन अमेरिकी डलर क’टौती गरेको जनाइएको छ ।
सो महासङ्घमा नेपाल परिवार नि’योजन सङ्घ सहित विश्वका १४१ देशका परिवार नियोजन सङ्घ आबद्ध छन् । अब ती देशका सीमन्तकृत किशोर कि’शोरी, युवा तथा महिलाहरु यौ’न तथा प्रजनन स्वास्थ्य सेवाबाट ब’ञ्चित हुनेछन् ।
बजेट कटौ’तीको असर विशेष गरी ती देशका मानवीय वि’पद् प्रभावित क्षेत्रका सीमान्तकृत समुदायलाई प्रदान गरिँदै आइएको यौ’न तथा प्र’जनन् स्वास्थ्य सेवालाई प्र’त्यक्ष असर पु¥याउने जनाइएको छ । साथै सहायता कटौ’तीले ती देशमा यौ’न तथा प्र’जनन् स्वास्थ्य सेवाका क्षेत्रमा सञ्चालित परियोजना समेत ब’न्द हुने अवस्थामा पुगेका छन् ।
नेपाल परिवार नियो’जन सङ्घका व्यवस्थापक डा नरेशप्रताप केसीले सहायता कटौ’तीले सङ्घले कार्यान्वयन गरिरहेको पहुँच परियोजना ब’न्द हुने अवस्थामा पुगेको जानकारी दिए ।
परियोजना ब’न्द हुँदा कि’शोरी तथा महिला यौन तथा प्रज’नन् स्वास्थ्य सेवाबाट बञ्चि’त हुने उनले बताए । यसबाट विशेष गरी मानवीय वि’पद् क्षेत्रका लगभग एक लाख बीस हजार सीमान्तकृत तथा जो’खिम समुदायका व्यक्ति ती सेवाबाट प्रत्यक्ष प्रभावित हुनेछन् ।
सङघले सहायता कटौ’तीले सेवा प्रभावितका साथै केही दक्ष सेवा प्रदायक तथा कर्मचारीको कटौ’तीमा पनि पर्ने देखिने जनाएको छ । सङ्घले हरेक चुनौ’तीका अगाडि नयाँ सम्भावना पनि हुने जनाउँदै आफ्नो श्रोत, साधन र क्षमताले भ्याएसम्म यौ’न तथा प्र’जनन् स्वाथ्य सेवा निरन्तर जारी राख्ने व्यवस्थापक डा केसीले बताए । सामान्य तथा मानवीय विप’दका अवस्थामा पनि स्वा’स्थ्य र सेवामा समर्पित रहने सङ्घले जनाएको छ ।
अमेरिकी राष्ट्रपति जो वाइडनले यौ’न तथा प्रजनन् स्वास्थ्यको नीति ‘ग्लोबल ग्याग रुल’लाई हटाउने हालै निर्णय गर्नुभएको थियो । सो निर्णय लगत्तै बेलायतले पनि दक्षिण एशियाली मुलुकलाई जनस्वास्थ्यका क्षेत्रमा प्रदान गरिरहेकोे सहायता बजेट क’टौती गर्ने निर्णय गरेको बताइएको छ ।