
आज श्री शाके १९४३ बि.स.२०७८ साल असार २ गते बुधबार इश्वी सन २०२१ जुन १६ तारीख जेठ शुक्लपक्ष षष्ठी तिथी मघा नक्षत्र वज्र योग तैतिल करण चन्द्रमां सिंह राशिमा आनन्दादि योगमा चर योग राक्षसनाम संवत्सर सुर्य उत्तरायणं ग्रीष्म ऋतु कुमारषष्ठी( सिथिनखः) भ.पु.चण्डीभगवती यात्रा ।
मेष – (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
सुखद समाचारले दिन उत्साहपूर्ण रहनेछ । अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ । प्रतिष्ठित काम सम्पादन गर्ने अवसर प्राप्त हुनेछ । व्यापारमा धेरै फाइदा नभए पनि पशुपालन तथा कृषि क्षेत्रबाट राम्रो लाभ मिल्नेछ । दिगो फाइदा हुने काम सम्पादन हुनेछ ।
वृष – (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
विगतका कम’जोरीलाई सुधार गर्न सकिनेछ । बेसु’रमा वचन दिने बानीले सम’स्या निम्त्याउला । ई’र्ष्यालु मन भएकाहरूले काममा अव’रोध पुर्याउन सक्छन् । आफ्ना सामानमा अरूले दा’बी गर्लान् । परिस्थितिसँग केही सम्झौ’ता गर्नुपर्ला । भूमि र पशुधनबाट लाभ मिल्नेछ ।
मिथुन – (का, कि, कु, घ, ङ, छ, के, को, ह)
उपहार प्राप्त हुने समय छ । सहयोगीहरूले राम्रो साथ दिनेछन्। रोकिएका काम बन्ने र नयाँ काम प्रारम्भ गर्ने समय छ । उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ । प्रतिद्व’न्द्वीहरूलाई सजिलै हराउन सकिनेछ। गरिएका कर्मको उचित प्रतिफल पाइनेछ ।
कर्कट – (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
अध्ययनमा प्रगति हुनेछ । ज्ञानलाई नि’खार्ने अवसर प्राप्त हुनेछ । सुखद् समाचारले उत्साह जगाउनेछ। आम्दानीका स्रोत बढ्नुका साथै दिगो फाइदा हुने काममा सम्झौता गर्ने समय छ। नयाँ काम प्रारम्भ हुनेछ । मिहिनेतले सम्मानित स्थान दिलाउन सक्छ । बौद्धिक अभिव्यक्तिको तारिफ हुनेछ ।
सिंह – (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ । पहिलेको सफलताले थप हौसला जगाउनेछ। नयाँ कामको प्रस्ताव आउनेछ भने सहयोगीहरू भेटिनेछन् । बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ । पहिलेका कम’जोरी सुधार्दै जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ। बौद्धिक जगतले तारिफ गर्नेछ भने व्यक्तित्व निखार्ने अवसर प्राप्त हुनेछ ।
कन्या – (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
केही फाइदा लिन अर्को वस्तु त्याग्नु’पर्ला । व्यवसायमा लगानी बढाउनुपर्ने समय छ । पछिका लागि केही वस्तु त्या’ग्नुपर्ने हुन सक्छ । सरसापटमा धन बाहि’रिन सक्छ । आवश्यक पर्दा सरसापट तथा कर्जामार्फत धन जुट्नेछ । आफ्नाबाट भने टा’ढिनुपर्ला ।
तुला – (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
आम्दानीका स्रोत भेटिए पनि धेरै फाइदा उठाउन नसकिएला । केही रकम हातलागी भए पनि तत्काल खर्चनुपर्ने स्थिति आउन सक्छ । श्रमको राम्रै मूल्यांकन भए पनि प्रतिफल तत्कालै प्राप्त नहुन सक्छ । भएको आम्दानी र सञ्चित रकम समेत खर्चनुपर्ला ।
वृश्चिक – (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
सफलताले हिम्मत दिलाउनेछ । प्रयत्न गर्दा राम्रै काममा जग बसाउने मौका छ । दिगो फाइदा हुने काम प्रारम्भ होला । विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्न सक्छ । भेटघाटले समेत उत्साह बढाउला । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । मान–सम्मान प्राप्त होला ।
धनु – (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
सामाजिक उत्तरदायित्व वहन गर्दै फाइदा हुने काम र जिम्मेवारी हात पार्ने मौका छ । तारिफयोग्य कामले धेरैको मन जित्न सकिनेछ । समुदायको हितमा राम्रै काम गर्न सकिनेछ । टाढिएका साथीभाइ नजिकिनाले हर्ष बढ्नेछ । भाग्यले विभिन्न अवसर थमाउनेछ ।
मकर – (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
पहिलेका समस्या दोहोरिनाले अलमल बढ्न सक्छ । हल्लाको पछि लाग्दा दुः’ख पाइनेछ । तर तत्काल लाभ नभए पनि समस्या सुल्झा’उन सकिनेछ । स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनुहोला । फजु’ल खर्चले अर्थ संग्रहमा बा’धा पुग्न सक्छ ।
कुम्भ – (गु, गे, गो, सा, सि, सु, से, सो, द)
विभिन्न सहयोग र उपहार पाइनेछ । मन मिल्ने साथी भेटिनुका साथै प्रेम र मित्रताको बन्धन कसिने सम्भावना छ । सुखदुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन् र परिवारजनको साथले नयाँ आशा जगाउनेछ । राम्रो कर्मफल प्राप्त हुनाले मन प्रसन्न रहनेछ । यात्रा, खानपान, मानोरञ्जन र पहिरनको सोख पनि पूरा हुने समय छ ।
मीन – (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
रोकिएका काम बन्नाले उत्साह जाग्नेछ। संघर्ष गरेरै अधिकार स्थापित गर्न सकिनेछ । व्यापार लगायत आर्थिक लाभ हुने काममा फाइदा हुनेछ । प्रति’स्पर्धीहरू किनारा लाग्नेछन् भने मु’द्दामा पनि विजय प्राप्त हुने सम्भावना छ । प्रयत्न गर्दा सजिलै लक्ष्य प्राप्त हुनेछ । मिहिनेतले प्रतिस्प’र्धाको दौड जिताउन सक्छ ।