आइतबार १९ मंसिर २०७८

बेनी(म्याग्दी) / केही दिनयताको निरन्तरतको वर्षासँगै म्याग्दीका विभिन्न ठाउँमा पहिरोबाट ३५ ओटा घर पुरि’एका छन् भने २९ घर परिवार विस्था’पित भएका छन् । अन्नपूर्ण गाउँपालिकाको शिख, बेनी नगरपालिकाको सल्लेरी, बगरफाँट, डाँडाखेत र मङ्गलाको तल्लो डडुवामा पहिरोले क्ष’ति पुर्याएकाे हाे ।

पहिरोबाट अन्नपूर्ण–५ घोस्केखोरमा सात, स्वातमा तीन र पाउद्वारमा दुई घरमा क्ष’ति पुगेको वडा सचिव कुलप्रसाद आचार्यले जानकारी दिनुभयो । ‘एउटा गोठ पहिरोले पुरि’एको छ, पहिरोले क्ष’ति पुर्याएका र जो’खिममा परेका घरका मानिस, गाइबस्तु र सामानलाई सुरक्षित ठाउँमा सारिएको छ’, उहाँले भन्नुभयो ‘सँयौ रोपनी खेतीयोग्य जमीनमा क्ष’ति पुगेको छ ।’

घोस्केघोरका रेशबहादुर पाइजा, कृष्ण फगामी, नौमति बुद्धुजा, नरे तिलिजा, दलमति पुर्जा, जितबहादुर पुर्जा, टीकाबहादुर पुर्जा र ज्ञानबहादुर पाइजाको घरमा क्ष’ति पुगेर विस्था’पित भएका छन् । घरभित्र पहिरो पसेको, आँगन भत्के’को र गोठ पुरि’एको स्थानीय शिक्षक खेम पुनले बताउनुभयो ।

जिल्ला प्र’हरी कार्यालयका अनुसार पहिरोका कारण बेनी–२ बगरफाँटमा नौ र वडा नं ८ सल्लेरीमा चार घरपरिवार विस्था’पित भएका छन् । यसैगरी बेनी–४ डाँडाखेतमा तीन परिवार विस्था’पित भएका छन् । लोकेन्द्र खत्री, खेमराज पौडेल र सानु किसानका परिवार विस्था’पित भएको वडाध्यक्ष गोविन्दप्रसाद पौडेलले बताउनुभयो ।

मङ्गला गाउँपालिका–२ तल्लो डडुवा (कुकुर बिसौना)मा पहिरोले कृष्णबहादुर दर्जीको ढुङ्गा, माटो र काठले बनेको दुई तले घर भत्कि’एको छ । घर भत्कि’एपछि दर्जीका १६ जनाको परिवारलाई आफन्तकोमा सारिएको स्थानीयवासी नेत्रराज सुवेदीले जानकारी दिनुभयो ।

यसैगरी सदरमुकाम बेनीको क्याम्पसचोकमा आएको बाढी पसेर कालीपुलमा रहेको देवेन्द्र पौडेलको ग्यारेज डुबा’एको छ । बर्षासँगै जामुनाखर्कको पाखोबाट आएको बाढीले बेनीको अस्पताल चोक र कालीपुल बसपार्क हि’लाम्मे बनाएको छ ।

निरन्तरको वर्षासँगैको पहिरोले म्याग्दीका सबै सडक अ’वरुद्ध बनेका प्र’हरी नायब उपरीक्षक श्यामकुमार राईले बताउनुभयो । म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–मलढुङ्गा, बेनी–बागलुङ्ग, बेनी–जोमसोम सडक अव’रुद्ध भएका छन् ।

बेनी–दरवाङ, बेनी–पाखापानी, बेनी–बरंजा, गलेश्वर–मौवाफाँट–चिमखोला–कुइनेमङ्गले, पोखरेबगर–घार–शिख–चित्रेलगायत सबै ग्रामीण बस्ती जोड्ने सडकमा यातायात ठ’प्प भएको छ । कालीगण्डकी, म्याग्दी र राहुघाट नदीमा आएको बाढीले खत’राको तह ना’घेको छ । तटीय र जो’खिमयुक्त ठाउँका बासिन्दालाई सत’र्कता अपनाउन स्थानीय प्रशासनले आग्रह गरेको छ ।

शिखको स्वाँतखोलामा रहेको मोटरेबल पुलसम्म पुग्ने बाटो पहिरोले बगा’एको छ । घारखोलामा राष्ट्रिय पुनःनिर्माण प्राधिकरणमार्फत निर्माणाधीन पुलको पनि निर्माण सामग्री बगा”एको छ । पखेरस्थित म्याग्दी नदीमाथि निर्माणाधीन अर्को मोटरेबल पुल ढलानमा प्रयोग भएका सामानसमेत बगा’एको छ ।

३५७ पटक हेरिएको

तपाईको प्रतिक्रिया