
झापा / मान्छेले गाईकाे जु’ठो बारेको छ र काजकि’रिया गर्दैछ भन्दा अचम्म लाग्न सक्छ । यस्तै अचम्मको काम गरेका छन् झापाका एक व्यक्तिले । उनले परिवारको सदस्य जस्तै नै मानेर आफूले पालेको गाईकाे कि’रिया गरेका छन् ।
झापा मेचीनगर २ बाहुनडाँगीका खगेन्द्र दाहाल गाईको १० दिने काजकि’रिया बारेर बसेका छन् । दाहालले आफैले पालेको गाईको सात दिन अघि ग्वालीमा बाँ’धेकै अव’स्थामा मृ’त्यु भएपछि १० दिने काजकि’रियामा बसेको उनले बताए ।
‘गाई ब्याएको १० दिनको दिनमा नै म’र्यो,’ दाहालले भने, ‘परिवारकै सदस्यको मृ’त्यु भए जस्तो लाग्यो त्यसैले १० दिनसम्म काजकिरिया गर्ने सोचेर बसेको छु ।’ हाम्रो हिन्दू धर्म संस्कारमा गाईलाई आमा र लक्ष्मीको रुपमा मानेर पूजाआजा र सम्मान गर्ने गरिन्छ । दूध खाइसकेपछि आमाकै रुपमा र आफ्नो धनधान्य र ऐश्वर्यको प्रतीक भएकाले लक्ष्मीकै रुपमा आफूले पनि गाईलाई सम्मान गरेको उनको भनाइ छ ।
सुत्केरी अवस्थामा नै गाईको मृ’त्यु भएकाले निक्कै दुः’ख लागेको दाहालले बताए । बाहुँनडागी संगम चोकका ५३ बर्षिय दाहालका घरमा पालेका दुई वटा गाईमध्ये भर्खरै ब्याएको लाल्मु गाई केही दिन बिरा’मी भएर जेठ २५ गते मृ’त्यु भएको थियो । – इताजा खबरबा’ट ।