
काठमाडौँ / चर्चित हाँस्य कलाकार जितु नेपाल मुन्द्रेको आज जन्म दिन परेको छ । आज उनले मनाएको जन्मदिनसँगै उनी आजबाट नै ४६ वर्षमा प्रवेश गरेका छन् । नेपाली हास्यव्यङ्ग्य क्षेत्रमा देश तथा विदेशमा समेत ख्याति कमाएर लोकप्रिय भएका मुन्द्रेको नेपाली हास्यव्यङ्ग्य तथा अन्य मनोरञ्जनात्मक क्षेत्रमा धेरै ठूलो योगदान रहेको छ।
२०३२ असार १ गते जन्मिएका जितु नेपाल हिजोआजका कुरा, गीताञ्जली, जीरे खुर्सानी लगायतका थुप्रै टेलीचलचित्र तथा कैयौँ नेपाली फिल्महरुमा समेत आफ्नो कुशल अभिनय देखाएर लोकप्रिय बन्न सफल छन् । पछिल्लो समय उनी चर्चित टेलिभिजन शो मुन्द्रेको कमेडी क्लबमा ब्यस्त छन् । दर्शकहरुले धेरै नै रुचाएको यो कमेडी क्लब अहिलेको परिवेशमा लोकप्रिय बन्न सफल भएको छ ।
२०५९ साल फागुन १३ गते मुना नेपालसँग वैवाहिक बन्धनमा बाँधिएका जितुलाई आज बिहानैदेखि आफन्त तथा शुभचिन्तकहरु एबम् सामाजिक संजालका प्रयोगकर्ताहरुले शुभकामना दिइरहेका छन् । जन्मदिनको अवसरमा मुन्द्रेलाई हाम्रो पनि विशेष शुभकामना ।