
डोटी / डोटी जिल्लामा उमेर नपुगी गरिएको एक बाल’विवाह प्र’हरीले बद’र गरेको छ । जिल्लाको सायल गाउँपालिकाका २१ वर्षीय युवकले दिपायल सिलगढी नगरपालिकाकी १७ वर्ष’की बालि’कासँग हालै गरेको विवाहलाई यहाँको प्रह’रीले ब’दर गरेको हो ।
जिल्ला प्रह’री कर्यालय डोटीका प्रह’री नायब उपरीक्षक तथा सूचना अधिकारी इन्द्रबहादुर मल्लका अनुसार दिपायल सिलगढी नगरपालिकाको नगरस्तरीय बाल क्लबले २० वर्ष नपुगेकी नि’ज बालि’काकोे वि’वाह भएको भन्दै र’द्द गराइपाउन जिल्ला प्रह’री कार्यालयमा उजु’री गरेपछि छानबि’नपश्चात उक्त विवा’ह बाल’विवाह भएको देखिएकाले बद’र गरिएको हो ।
विवा’हलाई ब’दर गरी बालि’कालाई आफन्तको जि’म्मा लगाएको नगरस्तरीय बाल सञ्जालका संयोजक अनिस सेनले जानकारी दिए । कानू’नी रूपमा २० वर्षभन्दा कम उमेरमा विवाह गरे बालवि’वाह अन्तरगत पर्ने भएकाले ब’दर गर्न उजु’री परेपछि उक्त विवा’ह बद’र गरी कानून’विपरीत विवाह गर्ने गर्नेलाई कानू’न बमोजिम सजा’य हुने जिल्ला प्रह’री कार्यालयका प्रह’री प्रमुख दानबहादुर मल्लले बताए । उनले भने, “बाल’विवाह गरिएको उजु’रीपछि हामीले विवा’ह ब’दर गरेका छौँ, जान्दा जान्दै कानून’विपरीत विवाह गर्नेलाई कारवा’ही हुन्छ ।”
जिल्लामा पछिल्ला वर्षमा सानै उमेरमा छोरीको विवाह गरे पुण्य प्राप्त हुन्छ भन्दै बाल’विवाह गर्ने चलन अझै कायमै रहेका कारण बाल’विवाहले प्रश्रय पाएको स्थानीयवासी दीपक थापाले बताए । पुण्यका नाममा जिल्लामा बा’लविवाह बढ्न थालेपछि यहाँका स्थानीय तहले बाल’विवाह अ’न्त्य गर्ने भन्दै रणनीतिक योजना तयार गरी लागु गरेको भए पनि उक्त योजना यहाँका गाउँघरमा लागु हुन सकेको छैन ।
बाल’विवाह गर्नेलाई का’नूनी दाय’रामा ल्याउन नसकेका कारण बालवि’वाह जस्ताको तस्तै अवस्थामा रहेको सामाजिक क्षेत्रमा काम गर्दै आएका विभिन्न सङ्घ संस्थाको बुझाइ छ । सबैमा जनचेतना फैलाउने र जब’रजस्ती रुपमा गरिएका बालवि’वाहलाई का’नुनी रुपमै द’ण्डित गरी ब’दर गर्दै जान सकेमा मात्र बाल’विवाहको अ’न्त्य हुनसक्ने उनीहरूको भनाई छ । रासस