शुक्रबार २२ मंसिर २०८०

कर्णाली / नेकपा (एमाले) कर्णाली प्रदेश संसदीय दलका बैठकमा पुनःबहाली हुनुभएका प्रदेशसभाका चारजना सदस्य अनुपस्थित हुनुभएको छ । अनुपस्थित हुनेमा प्रकाश ज्वाला, अम्मरबहादुर थापा, कुर्मराज शाही र नन्दसिंह बुढा हुनुहुन्छ ।

संसदीय दलका बैठकमा सहभागी हुन एमालेले आमन्त्रण गरेपनि चारै जना सदस्य बैठकमा अनुपस्थित हुनुभएको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री कुर्मराज शाहीले जानकारी दिनुभयो ।

आज बिहानको सो दलका बैठकमा उपस्थित हुन उहाँहरुलाई पत्राचार गरिएको बताइएको छ । बैठक एमालेका सांसदको फ्लोर क्रसपछि जोगिएको महेन्द्र बहादुर शाही नेतृत्वको कर्णाली सरकार फेरि ढा’ल्ने खेल सुरु भएको बताइएको छ ।

प्रदेशसभाको आजको बैठकमा प्रदेश सरकारको नीति तथा कार्यक्रम निर्णयार्थ पेश गरिने र बजेट सार्वजानिक गर्ने कार्यसूचि छ । ३९ सदस्यीय प्रदेश सभामा एमाले एक्लैको २० सिट पुर्‍याएर सरकारलाई अल्पमतमा पार्ने र नीति तथा कार्यक्रम पारित हुन नदिने दाउमा एमाले भएपनि चार सांसदको अनुपस्थित पछि त्यो जो’खिम टरेको छ ।

गत वैशाख ३ गते माओवादीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई एमालेको माधव नेपाल समूहका ज्वाला, थापा, शाही रबुढाले विश्वासको मत दिएका थिए । त्यही कारण उनीहरु प्रदेशसभा सदस्यबाट निष्कासित भएकामा सर्वो’च्च अदा’लतले उनीहरुको पुनर्बहाली गरिदिएको थियो । news 24 nepal बा’ट ।

१०१९ पटक हेरिएको

तपाईको प्रतिक्रिया