
विराटनगर/ मोरङ उर्लाबारीका ३१ वर्षीय प्रविन बास्तोलाको शंकास्पद मृ’त्युको अनुसन्धानमा प्रहरीले गलत षड’यन्त्र गरेको भन्दै आन्दोलनरत स्थानीयबासिन्दा र प्रमुख जिल्ला अधिकारीबिच आज(मंगलबार) छलफल भएको छ।
प्रमुख जिल्ला अधिकारी कोशहरी निरौलाको कार्यकक्षमा भएको सो छलफलमा मृ’तकका परिवार तथा आफन्तहरु उपस्थित थिए।
प्रहरीले ह’त्यारालाई जोगाउन अनुसन्धान फाइल नै नक्कली बनाएको, मृतकको फोटो फेरबदल गरी अर्कैको फोटो टाँसेको, आफ्नो गुनासो मेयर खड्ग फागोलाई सुनाउँदा उनले उल्टै गाली’गलौज गरेको उनीहरुको गुनासो छ।
ईलाका प्रहरी कार्यालय उर्लाबारीका ईन्सपेक्टर उद्धव पोखरेललाई कार’बाही र घ’टनाको सत्यतथ्य छानविनको माग गर्दै विगत केहि दिनदेखि उनीहरु आन्दो’लनमा उत्रिएका हुन्।
छलफलका क्रममा प्रमुख जिल्ला अधिकारी निरौलाले घटनाको सत्यतथ्य छानविन गर्ने र दोषीलाई कारबाही गर्ने आश्वासन दिएको मृ’तककी
बहिनी सदिक्षा बास्तोलाले जानकारी दिइन्। दो’षीलाई कार’बाही र पीडितले न्याय नपाएसम्म आन्दो’लनलाई निरन्तरता दिइरहने उनको भनाइ रहेको छ।