शुक्रबार १७ चैत्र २०७९

काठमाडौँ / नेपालको पहिलो विद्यार्थी आन्दो’लन जयतु संस्कृतम् को ७५ औँ अर्थात् हीरक जयन्ती आज विभिन्न कार्यक्रम आयोजना गरी मना’इँदै छ ।

वि सं २००४ असार १ गते तीनधारा पाठशालाका विद्यार्थीले संस्कृतका शास्त्रीय विषयका साथै आधुनिक अङ्ग्रेजी, गणित, विज्ञान, भूगोल लगायतका अन्य विषयहरु पनि पढ्न पाउनुपर्ने मा’ग गर्दै राणा शा’सकका वि’रुद्ध गरेको आन्दोल’नको सम्झनामा जयतु संस्कृतम् दिवस मनाउने गरिन्छ ।

आधुनिक विषय अध्ययन गर्न पाउनुपर्ने मा’ग गर्दै शुरु भएको आन्दो’लन पछि जहा’नियाँ राणा शा’सनका विरु’द्धमा केन्द्रित भएको थियो । राणा शा’सकले तीनधारा पाठशालाबाट चार पाटा मु’डेर विद्यार्थीलाई उपत्यकाका नाका कटा’एपछि जहा’नियाँ राणा शा’सनको वि’रोध गर्दै देशभर जा’गरण फैल्याएका थिए । यसले कुना कन्दराका जनतालाई राणा शास’कका वि’रुद्ध सङ्ग’ठित गरेको थियो ।

देशका विभिन्न भाग हुँदै विद्यार्थीहरु भारतको वनारससम्म पनि पुगेका थिए । वनारसमा राणा शा’सनको अ’न्त्य गर्न प्रवासमा रहेका नेपालीलाई गो’लबद्ध गरिरहनुभएका नेपाली कांग्रेसका संस्थापक बिपी कोइरालालगायत नेतासँग जयतु संस्कृतमका अगुवाहरु पूर्णप्रसाद ब्राह्मण, श्रीभद्र शर्मा लगायतले भेटघाट गरी प्रजातन्त्र स्थापनाको आन्दो’लनमा सरिक हुनुभएको थियो । त्यसबेला असार १ गते विद्यार्थीले आन्दो’लन शुरु गरेको सम्झनामा प्रत्येक वर्ष यसै दिन जयतु संस्कृतम् दिवस मनाउने गरिन्छ ।

आन्दो’लनको स्वर्ण वर्षको अवसरमा वि सं २०५५ मा संस्कृतका क्षेत्रमा काम गर्ने उद्देश्यले जयतु संस्कृतमलाई संस्थागत स्वरूप दिई विधिवत् रूपमा द’र्ता गरिएको थियो । त्यसै वर्षदेखि संस्थागत रूपमा जयतु संस्कृतम् दिवस मनाउन थालिएको हो ।

यस अवसरमा आज बिहान दरबार मार्गस्थित तीनधारा पाठशालाअघि रहेको जयतु संस्कृतम् स्तम्भमा माल्र्यापण, पुष्पगुच्छासहित विश्व शान्तिको सङ्क’ल्पले स्वस्ति वाचन गरिने संस्थाका अध्यक्ष डा. बद्री पोखरेलले जानकारी दिनुभयो । विगत वर्षमा दिवसका अवसरमा पदयात्रा गरिन्थ्यो ।

यस वर्ष नयाँ भेरियन्ट’सहितको को’रोनाबाट ब’च्न जारी निषे’धाज्ञाका कारण सो कार्यक्रम स्थगित गरिएको छ । उपत्यकाव्यापी माध्यमिक विद्यालयस्तरीय वक्तृत्वकला प्रतियोगिता भने जुम प्रविधिबाट आयोजना गरिएको छ ।

दिउँसो भने जुम प्रविधिका माध्यमबाट संस्थाले दुई बजे हीरक जयन्ती शुभारम्भ गर्दैछ । कार्यक्रममा पूर्वसभामुख एवं नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, जयतु संस्कृतम् आन्दो’लनका सहभागी एवं पूर्वमन्त्री अच्युतराज रेग्मी लगायतले सम्बोधन गर्नुहु’नेछ ।

जुम प्रविधिबाट दिवसको कार्यक्रममा सहभागी हुन नस’क्नेलाई घरघरमै बसी संस्कृत श्लोक वाचन गरी मनाउन आह्वान गरिएको जयतु संस्कृतम् संस्थाका महासचिव डा नवराज कट्टेलले बताउनुभयो । घरघरमा वाचन गरिएको संस्कृत श्लोकलाई विभिन्न माध्यमबाट सार्वजनिक गर्न पनि संस्थाले आ’ह्वान गरेको छ । संस्थाले यसै वर्ष हुन लागेको जनगणनामा संस्कृत भाषा बोल्नेहरुलाई त्यसको अभिलेख दर्ज गराउन पनि आ’ह्वान गरेको छ ।

हीरक जयन्तीका अवसरमा संस्थाका प्रदेश समितिले पनि विभिन्न रचनात्मक कार्यक्रम आयोजना गरी सातै प्रदेशमा दिवस मनाउन लागिएको छ । नेपालको पहिलो विद्यार्थी आन्दो’लनका साथै यही आन्दो’लनबाट वि.सं. २००७ फागुन ७ गते प्रजातन्त्र स्थापनामा सहयोग पुगेकाले जयतु संस्कृतमलाई महत्वपूर्ण घट’नाका रूपमा मानिन्छ ।

४१४ पटक हेरिएको

तपाईको प्रतिक्रिया