
काठमाडौँ / स्वा’स्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकमा को’रोना संक्र’मितको संख्या दैनिक घटि’रहेको देखिए पनि वास्तविकता त्यस्तो नरहेको सरोकारवालाले औंल्याएका छन् । धुलिखेल अस्प’तालका जनस्वास्थ्यविद् डा. विराज कर्माचार्यले को’रोना संक्र’मण घ’ट्दो क्रममा रहे पनि देखिएजति दरमा नघटेको बताए । ‘समुदायमा संक्र’मण दर बढी छ’, उनले भने ।
कर्माचार्यका अनुसार अहिले परी’क्षण संख्या कम रहेकाले समुदायमा भएभन्दा कम संक्र’मण दर देखिएको हो । उनी भन्छन्, ‘अहिले न कन्ट्याक्ट ट्रेसिङ छ न समुदायमा धेरै संख्यामा परी’क्षण भएको छ । यस्तो अवस्थामा घटिसक्यो भन्न मिल्दैन ।’
यकिन संक्र’मण दर परीक्ष’णको दा’यरा बढाएर मात्र थाहा पाउन सकिने उनको सुझाव छ । यसका लागि सरकारले अहिलेको भन्दा तीन गुणा अर्थात् दैनिक करिब ५० हजार नमुनाको परी’क्षण गर्नुपर्ने उनले बताए ।
गत २४ घण्टामा नेपालमा संक्रम’णदर १९.६ प्रतिशत छ । अघिल्लो दिन यो दर १९.४ प्रतिशत थियो । संक्रम’णदर एक सातायता २५ बाट क्रमशः झर्दै १९ मा आइपुगेको हो । गत २४ घण्टामा परी’क्षण भएका १४ हजार ८ सय १९ नमुनामध्ये २ हजार ९ सय १८ जनामा को’रोना पुष्टि भएको छ।
शुक्रराज ट्रपिकल तथा सरु’वा रो’ग अस्प’तालका अनुस’न्धान विभाग संयोजक डा. शेरबहादुर पुनका अनुसार उपत्यकामा लक्षण भएका बि’रामीको चा’प घट्दै गएकाले को’रोना घट्ने क्रममै छ । तर यसको यकिन कन्ट्याक्ट ट्रेसिङबिना सम्भव नहुनेमा उनले पनि जोड दिए । याे ख’बर ना’गरिक दैनि’कमा छ ।