सोमबार १५ जेठ २०८०

विराटनगर / मोरङको उर्लाबारीका प्रवीण बास्तोलाको शङ्कास्पद मृ’त्यु प्रकरणमा प्रहरीले प्रभावकारी अनुसन्धान नगरेको भन्दै आफन्त र स्थानीयबासी विराटनगर आएका छन् ।

आइतबार र सोमबार इलाका प्रहरी कार्यालय उर्लाबारीमा प्रदर्शन गरेका आफन्त र स्थानीय मंगलबार न्याय माग्दै विराटनगर आएका हुन् । मुद्दा नचल्नुकाे कारण बारे बुझ्न आफन्त र स्थानीय जिल्ला सरकारी वकिलको कार्यालय माेरङमा पुगेका छन् ।

प्रहरीले ह’त्यामा सङ्लग्नलाई उन्मुक्ति दिन मिसिलमा फोटो परिवर्तन गरेको आफन्तहरुले आरोप लगाएका छन् ।

उर्लाबारी–५ का ३१ वर्षीय बास्तोला गत पुस ५ गते मृ’त फेला परेका थिए । प्रहरीका अनुसार अघिल्लो रात साथीभाइसँग होटलमा खानपिन गरेर उर्लाबारी–६ का रमेश गिरीको घरमा गएका थिए । गिरीको घरमा उनका साथी भाडामा बस्छन् ।

ओछ्यानमै बे’होस अवस्थामा भेटिएको भन्दै उनका साथीले उपचारका लागि गोदावारी अस्पताल लगेका थिए । परिवारका सदस्यले अस्पतालमै मृ’त्यु भइसकेपछि प्रवीणलाई भेटेका थिए ।

शङ्कास्पद अवस्थामा मृ’त भेटिएकाे घटनाको अनुसन्धानपछि प्रहरीले सरकारी वकिलको कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाएको थियो । तर प्रमाण नपुग्ने भन्दै सरकारी वकिलको कार्यालयले मुद्दा नचल्ने बतायाे ।

मिसिल बुझाउँदा मृ’तकको तीनवटा फोटो राखेको थियो । जसमा एउटा फोटो भने अरु नै व्यक्तिको थियो । फोटो परिवर्तन गरेर अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालयमा बुझाएका कारण वकिलको कार्यालयलले मु’द्दा नचलाएको आफन्तको आरोप छ ।

प्रहरीले उर्लाबारी–६ का ३१ वर्षीय राजेश रणपहेली, दीपेश पौडेल र शिवा भनिने मेहरमान दर्जी माथि अनुसन्धान गरेकाे थियाे । तर माघ २ गते मु’द्दा चलाउन प्रमण नपुग्ने भन्दै सरकारी वकिलको कार्यालयको निर्देशनपछि प’क्राउ परेका रणपहेली हाजिरी जमानीमा छुटे ।

मृ’तककी बहिनी सदीक्षाले इलाका प्रहरी कार्यालय उर्लाबारी पुगेर मिसिल हेर्दा मृ’तकको फोटो नै परिवर्तन भएको भेटेपछि आफन्त र स्थानीय प्रहरीको भूमिकाप्रति आक्रोसित हुँदै आन्दो’लनमा छन् ।

आइतबार र सोमबार दिनभर इलाका प्रहरी कार्यालय उर्लाबारी अगाडि प्रदर्शन गरेका आफन्तले उर्लाबारीका प्रहरी निरीक्षक उद्धव पोखरेलले अनुसन्धानमा लापरवाही गरेको आरोप लगाए ।

प्रहरीले पनि फोटो भुलवस परिवर्तन भएको स्वीकार गरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी लोकदर्शन थापाले एउटा फोटो मिस्टेक भएको बताए ।

फोटो गलत परेकाले तत्काल परिवर्तन गरी छानविनका लागि डिएसपी मानबहादुर राईको नेतृत्वमा टोली बनाइएको बताएका छन् ।
भिडियो हेर्नका लागि यहाँ थिच्नुहोस्

४८५ पटक हेरिएको

तपाईको प्रतिक्रिया