शुक्रबार २२ मंसिर २०८०

मार्तडी ( बाजुरा ) / जिल्लाको त्रिवेणी नगरपालिकामा अविरल वर्षासँगै खोलामा आएको बा’ढीले बगा’उँदा एक बालक बेप’त्ता भएका छन् । बेप’त्ता हुनेमा सोही नगरपालिका–५ किम्नीका स्थानीय घुरे बुढाका १३ वर्षीय छोरा कमल बुढा रहेको जिल्ला प्रह’री कार्यालय बाजुराका प्र’हरी निरीक्षक धनदेव साउदले जानकारी दिएका छन् ।

उनले दिएको जानकारी अनुसार लगातारको वर्षासँगै गाउँ नजिकै रहेको किम्नी खोलामा आएको बाढीले सोमबार बिहान बा’लकलाई बगा’एको हो । बेप’त्ता भएका बालकको खो’जी कार्य भइरहेको र हालसम्म फे’ला पार्न नसकि’एको जानकारी प्राप्त भएको छ ।

त्यस्तैगरी सोमबार बुढीनन्दा नगपालिका–३ सिराडीको लौठी रुखकी ३६ वर्षीया मोतीकला पनि बेप’त्ता रहेकी छन् । गाउँ नजिकै रहेको बड्डीगाड खोलाले बगा’एर ल्याएका दाउरा सङ्कलन गर्ने क्रममा बा’ढीले बगा’एको स्थानीय धनबहादुर बोहराले बताए । आइतबारबाट आएको अविरल वर्षाका कारण जिल्लाका विभिन्न ठाउँहरुमा धनज’नको क्ष’ति भइरहेको छ ।
– रासस / तस्विर – फा’ईल ।

३८३ पटक हेरिएको

तपाईको प्रतिक्रिया