
विराटनगर/ मोरङ उर्लाबारीका सर्वसाधारण नागरिकहरु न्याय नपाएको भन्दै आज सदरमुकाम विराटनगर आएका छन्।
स्थानीय ३१ वर्षीय प्रबिन बास्तोलाको रहस्यमय मृ’त्युको बारेमा अनुसन्धान गर्दा प्रहरीले नक्कली फाइल तयार गरी ह’त्यारालाई जोगाउन खोजेको उनीहरुको गुनासो रहेको छ।
सोमबार(हिँजो) इलाका प्रहरी कार्यालय उर्लाबारीमा भएको छलफल चित्त बुझ्दो नभएको, मेयर खड्ग फागोले मृ’तकका परिवार र आफन्तलाई उल्टै गाली गरेको उनीहरुले बताए।