बुधबार २२ मंसिर २०७८

एजेन्सी / यी हुन् जिओना ; यीनका ३९ प’त्नी र २ सय जति सन्तान दरसन्तान छन् । जिओनाको ७६ वर्षको उमेरमा आइतबार नि’ध न भएको छ । मधुमेहका विरामी उनको सोही रोगका कारण नि’ध न भएको जनाइएको छ ।

भारतको मिजोरामको अइजालस्थित अस्पतालमा जिओनाको नि’ध न भएको हो । उनको चुआन थार तिआननुम गाउँमा बसोबास थियो । जहाँ उनका ३९ पत्नीसहित सन्तान दरसन्तान एउटै घरमा अझै बस्दैछन् ।

उनले पहिलो पत्नीसँग १५ वर्षको उमेरमा सन् १९५९ मा विवाह गरेका थिए । २४ वर्षको उमेरमा दोस्रो विवाह गरे । पछिल्लो विवाह उनले २५ वर्षीया युवतीसँग सन् २००४ मा विवाह गरेका थिए ।

कतिपय छोरीहरु विवाह गरेर गएका छन् । उनको चार तल्ले विशाल घरमा अझैपनि १६२ जना बस्दै आएका छन् । उनको परिवारलाई हेर्नकै लागि गाउँमा पर्यटक आउने गरेका छन् ।

१८४ पटक हेरिएको

तपाईको प्रतिक्रिया