आइतबार ३१ आश्विन २०७८

बागलुङ / सरकारले दिने सामाजिक सुरक्षा भत्ताको भरमा वसुन्धरा शर्माको चुल्हो बल्छ । परिवारमा अरू कोही छैनन् । खेती गरेर खाने जमिन छैन, उमेरले पनि डाँडा का’टेकाले काम गरेर खानसक्ने कुरै भएन । बिहे गरेको एक महिना नबित्दै श्रीमानको मृ”त्यु भएपछि बिहे पछिका झण्डै ८० वर्ष उहाँले एकल जीवन बिता’उनुभयो । आठ वर्षको उमेरमा उहाँको बिहे भएको थियो ।

बागलुङको जैमिनी नगरपालिका–१ कुश्मीशेराकी उहाँ ८८ वर्षकी हुनुभयो । उहाँको जिउने आधार एउटा सानो कुटी थियो । गत वर्षको वर्षायाममा त्यही कुटीमा समेत विप’त्ति आइलाग्यो । गत भदौ २८ र २९ गतेको वर्षापछि जग नै भासि’एर घर जमीनमुनि पुग्यो । वसुन्धराले एक वर्ष निकै क’ष्टले बि’ताउनुभयो । घर भाँसि’एपछि पी’डाको सीमा रहेन । छिमेकीको घरमा आ’श्रय लिएर बस्नुभयो । वसुन्धारको खुशी एक वर्षपछि फर्किएको छ ।

नगरपालिकाले भाँसि’एको घर पुनर्निर्माण गरिदिएपछि वसुन्धराको आँखामा अहिले हर्षका आँ’सु देखिन्छन् । “बास’समेत हिँड्यो, अहिले नयाँ घर बनेको छ, पानी ओत्ने भो”, वसुन्धराले खुशी व्यक्त गर्दै भन्नुभयो, “आफ्नै झुप्रो प्यारो लाग्छ नि !” उहाँको घर बनाउन नगरपालिकाले रु ७० हजार अनुदान दिएको थियो । स्थानीय युवाहरुले पनि सहयोग अभियान घोष’णा गरेका थिए ।

नगरपालिकाले जिम्मेवारी लिएपछि युवाहरुले आफ्नो अभियान रो’के । घर बनाउन डकर्मी र सिकर्मीको ज्याला रु ५० हजार र रु २० हजारको जस्तापाता उपलब्ध गराइएको वडा सदस्य रुद्रनाथ शर्माले बताउनुभयो । स्थानीय काठ र बाँस तथा ढुङ्गा माटोले उहाँका लागि एकछाने नयाँघर बनेको छ । एकल भएकाले खानाका लागि सामाजिक सुरक्षा भत्ता र एकदुईवटा अंशमा पाएका बारीमा फल्ने उपजले पुग्छ ।

तत्कालीन सामाजिक परम्परामा सानै उमेरमा विवाह गर्ने चलन र महिलालाई पुनर्वि’वाह गर्नमा रो’क लगाइएका कारणले नै बसुन्धराको पुरै जीवन एक्लै नै बित्यो। वि’धवा भएपछि त्यो बेलाको समाजले हेर्ने नका’रात्मक दृष्टिकोण र अनेक हेपा’इको पनि आफूले सा’मना गर्नु परेको उहाँ बताउनुहुन्छ । जीवनमा कैयौ अभा’व र सम’स्याहरू झे’ल्दै आएको बेलामा अहिले नगरपालिकाले घर बनाइदिएर आफूलाई ठूलो कल्याण गरेको उहाँले बताउनूभयो ।

२३९ पटक हेरिएको

तपाईको प्रतिक्रिया