शुक्रबार १२ आश्विन २०८०

पोखरा / ‘लौ हेरम् त’मासा ! मन्त्रिपरिषदको पहिलो बैठकमै सुविधाबारे छलफल !
लगभग दुई महिनाको लकडाउनले गरीव जनताहरू भोक’भोकै छन् !
खै तिनको समस्यामा ध्यान पुगेको ?
कोरोनाको खोप नभएर हजारौं मानिस अका’लमा म’रे, खै त्यो समस्याबारे छलफल भएको ?
बेरो’जगारीले मानिसहरू मान’सिक रो’गी भैरहेका छन्, खै तेता ध्यान गएको ?
पर्यटन व्यवसायी, यातायात व्यवसायी, साना पसले, दैनिक ज्याला मजदूरहरूको समस्या किन प्रदेश सरकारको एजेण्डा बनेन ?
शैक्षिक संस्था बन्द छन् ।
शिक्षक विद्यार्थीहरूलाई कोभिडको खोप लगाएर शैक्षिक संस्था सुचारु गर्नुपर्ने कुरामा ध्यान खै ?
हजारौं समस्याहरू छन् ।
ती सबैलाई पन्छाएर पूर्व मुख्यमन्त्रीको सुविधाले प्रमुख एजेण्डा बन्नुको अर्थ हामी जनताले के बुझ्ने ?
सबैको ध्यान जनताले तिरेको करको दुरुपयोग गर्नुमा छ, लुटा’उनु र लु’ट्नुमा छ !
खुवाउनु र खानुमा छ ।
“जुन जोगी आए पनि कानै चिरे’का” ।
नयाँ सरकारलाई बधाई दिनेलाई आजै शि’र झुका’उने बनाए ।
समयले दिएको सुनौलो अवसरलाई सदुपयोग गर ।
कामको प्रकृति हेरेर स्यावासी वा गा’ली दिने हो ।
जनता भोट हालेपछि प्रत्येक जनप्रतिनिधि र सरकारको प्रति’पक्षी हो भन्ने कुरा न’भुलम् ।’

माथिका यी हरफहरु पोखराका अग्रज साहित्यकार एवं छोरेपाटन उच्च माविका पूर्व प्रधानाध्यापक लक्ष्मण थापाको फेसबुक स्टाटस हो । कवितात्मक शैलीको थापाको यो गण्डकी प्रदेशका नयाँ सरकारको पहिलो निर्णयप्रति ती’खो प्रतिक्रिया हो । यस्तो प्रतिक्रिया थापाको मात्रै होइन, सामाजिक सञ्जालमा छ’रपष्ट छन् ।

शनिबार मात्रै नियुक्त भएका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली नेतृत्वको सरकारको मन्त्रीपरिषद्को बैठकले गण्डकीका निवर्तमान मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई सुविधा उपलव्ध गराउने निर्णय गरेको थियो । जनताको अपेक्षा विप’रित गरिएको यो निर्णय सार्वजनिक भएपछि चौतर्फी आलो’चना भएको छ ।

पहिलो गाँसमै ढुं’गो – कोइराला

उपभोक्ता मञ्च गण्डकीका अध्यक्ष कपिलनाथ कोइरालाले सरकारको निर्णयले पहिलो गाँसमै ढुं’गो लागेको प्रतिक्रिया दिएका छन् । उनले जनताले राहत र कोरोना खोप खोजिरहेका बेला यस्तो निर्णय आउनु पुरानै कुराको पुन’रावृत्ति भएको बताए ।

‘पहिलो कुरा जनताको म्याण्डेट सरकारमा जाने नै होइन । दोश्रो परिस्थितिले सरकार बनाउनै पर्ने भएपछि जनभावना र परिस्थिति के हो भनेर सरकारले बुझ्नुपर्छ’, कोइरालाले भने ।

उनले थपे, ‘पूर्व मुख्यमन्त्रीलाई सुविधा दिनै हुँदैन भन्ने होइन, दिनुपर्छ । तर महामारीबाट जनतालाई ब’चाउने निर्णय पहिला हुनुपर्छ । यसबाट जनता नि’राश हुन्छन्, जनआ’क्रोश बढ्छ ।’

नयाँ सरकारले गरेको यो निर्णयलाई पूर्व मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले अस्वी’कार गर्नुपर्ने आवाज पनि उठ्न थालेको छ । साथै सरकारले गरेको सुविधासम्बन्धी निर्णय फिर्ता हुने अपेक्षा पनि धेरैको छ ।

लोकदोहोरी गायक चोलेन्द्र पौडेलले सरकारले गरेको निर्णय फिर्ता हुने अपेक्षा गरेका छन् । उनले फेसबुकमा लेखेका छन्, ‘गण्डकी प्रदेशको मुख्यमन्त्री हुनुभएकोमा माननीय कृष्णचन्द्र नेपाली ज्यूलाई हार्दिक बधाई एवं शुभकामना । अब कामबाट जनतामा आशा जगाउन र फरकपनको आभास दिलाउन सक्नुपर्छ, हार्दिक शुभकामना । आशा छ सेवासुबिधा सम्बन्धी गल’त निर्णय फि’र्ता हुनेछ ।’

पूर्वमुख्यमन्त्रीको सुविधा खर्च बढाउन नभई का’नून बनाएर व्यवस्थित गर्न– प्रदेश सरकार

गण्डकी प्रदेशका मन्त्री एवं सरकारका प्रवक्ता कुमार खड्काले सरकारले पूर्वमुख्यमन्त्रीहरूको सुविधा थपेर खर्च बढाउन नभई का’नून बनाएर व्यवस्थित गर्न खोजेको स्पष्ट पार्नुभएको छ ।

मुख्यमन्त्रीमा नेपाली कांग्रेसका कृष्णचन्द्र नेपाली पोखरेल नियुक्त भएपछि आइतबार बसेको मन्त्रिपरिषद्को पहिलो बैठकले पूर्वमुख्यमन्त्रीको सुविधा थप गरेको थियो । सुविधा थपेर आर्थिक भार बढाउन खोजिएको भन्ने विभिन्न सामाजिक सञ्जालमा प्रतिक्रिया आएपछि उहाँले भन्नुभयो, “जहाँसम्म नागरिकको चा’सो छ, हामी उहाँहरुको सम्मान गर्छौँ ।”

प्रदेशमा बनेका हालसम्मका का’नूनमा पूर्व मुख्यमन्त्रीका बारेमा कहीँकतै उल्लेख नभएकाले मर्यादाक्रम, सुरक्षा व्यवस्थालगायत विषयलाई का’नून बनाएर व्यव’स्थित बनाउन खोजिएको प्रवक्ता खड्काले जानकारी दिनुभयो ।

बैठकमा प्रदेश सभाका पदाधिकारीको सेवा सुविधासम्बन्धी ऐ’नले प्रमुख प्रतिपक्षी दलका नेताको सेवा सुविधाको बारेमा प्रष्ट उल्लेख गरेको बताउँदै प्रवक्ता खड्काले भन्नुभयो, “उहाँले त्यहीअनुसार सुविधा पाउनुहुन्छ, आम नागरिकले व्यक्त गर्नुभएजस्तो यस्तो महामारीका बेला खर्च बढाउने निर्णय गरेको होइन ।”

देशमा प्रदेश सरकारको अभ्यास भर्खरै शुरु भएकाले धेरै विषय संस्थागत भइनसकेको र भर्खरैमात्र पृथ्वीसुब्बा गुरुङ निवर्तमान भएपछि बल्ल पूर्वमुख्यमन्त्रीको सुविधा र सम्मानको प्रसङ्ग आएको उहाँले बताउनुभयो । कोरोना नियन्त्रण र खोपको व्यवस्थापन नै सरकारको प्राथमिकतामा रहने बताउँदै उहाँले खर्च बढ्ने गरी कुनै निर्णय नगरेको उल्लेख गर्नुभयो ।

गण्डकी प्रदेश सरकारको आज प्रस्तुत हुने नीति तथा कार्यक्रम र लगत्तै आउने बजेटमा पनि नागरिकका आवश्यकतालाई नै प्राथमिकतमा राख्ने उहाँले जानकारी दिनुभयो । ईताजा खब’रबाट ।

८२५ पटक हेरिएको

तपाईको प्रतिक्रिया