सोमबार ०९ जेठ २०७९

काठमाडौं / बारा साविक अमलेखञ्ज गाविस हाल जीतपुरसिमरा उप–महानगरपालिकाको तत्कालीन गाविस सचिव विजयकान्त झा वि’रुद्ध मु’द्दा दा’यर गरिएको छ।

अख्तियार दुरु’पयोग अनुसन्धान आयोगले झा वि”रुद्ध २ लाख ८१ हजार बि’गो कायम गरी सार्वजनिक सम्पत्ति हानिनो’क्सानी गरेको सम्बन्धी आरो’पपत्र दा’यर गरेको हो।

झाले आब २०७०र०७१ र २०७१र०७२ को आयव्याय पारदर्शी नगरेको, लक्षित वर्गलाई वितरण गर्नुपर्ने रकम वितरण नगरेको, मनोमा’नी ढंगले गाउँ परिषद् नभएको योजना उपभोक्ता समिति गठन नगरी कि’र्ते बिल बनाई कि’र्ते सहिछाप गरी रकम निकासी गरी भ्रष्टा’चार गरेको भन्ने उ’जुरी परेको थियो।

अनुस’न्धानमा झाले कल्भर्ट मर्मत तथा निर्माण कार्य र नाला खन्ने तथा कुलो निर्माण गर्ने कार्यमा वास्तविक भएको कार्यको लागतभन्दा जम्मा १ लाख ३४ हजार बढी भुक्तानी गरेको देखिएको छ।

लक्षितवर्ग अन्तर्गत शौचालय र महिलाको सिलाई कटाई तालिम शीर्षकमा लेखापरीक्षण प्रतिवेदन अनुसार निकासा भएको देखिएको २ लाख ९१ हजार रकम खर्च गरेको देखिएता पनि सो खर्चमध्ये १ लाख ४७ हजार ५ सय को बिल भरपाई पेस गरेको नदेखिएको अख्तियारको आ’रोप पत्रमा उल्लेख छ।

झाले गाविसमा संचालित योजनामा बढी मूल्याङ्कन गराई बदनिय’तपूर्ण ढंगले वास्तविक खर्चभन्दा बढी खर्च गरी सार्वजनिक सम्पत्तिको हानिनो’क्सानी गरेको आ’रोपमा भ्रष्टा’चार निवारण ऐ’न बमोजिम बमोजिम विशेष अदा’लत, काठमाडौंमा आरो’पपत्र दाय’र गरिएको छ। – सुरेन्द्र काफले / अन्न’पूर्ण पो’ष्टबाट ।

५८४ पटक हेरिएको

तपाईको प्रतिक्रिया