
काठमाडौं / दुई महिनाको अन्तरमा तीन पटक मन्त्री भएका दिपक मनाङ्गे पछिल्लो समय राजनीतिक निर्णायक बने । संसद बिघ’टन गर्न पृथ्वीसुब्बा गुरुङको वा’र्तापछि उनी मन्त्रीबाटै राजि’नामा दिएर बि’पक्षी गठब’न्धनमा आएका थिए ।
संसद जोगाउन विप’क्षीलाई साथ दिने घो’षणा गर्दै उनी विश्वासको मत लिने प्रस्तावमा मतदान हुँदा अनु’पस्थित रहे । दीपक मनाङेको घोष’णाले ६० सदस्यीय सदनमा ३१ जना विप’क्षी मोर्चामा भइदिए।
निकै कस’रत गर्दा पनि आफ्नो प’क्षमा स्पष्ट बहुमत जुटाउन नसकिरहेको विप’क्षी गठबन्ध’नका लागि एकमात्र निर्णायक बने मनाङे । उनको निर्णायक मतले मुख्यमन्त्री बने कृष्णचन्द्र नेपाली । प्रदेश सरकारको लगाम पृथ्वीसुब्बाबाट कृष्णचन्द्रमा पुग्यो । मनाङे पुनः मन्त्रीमा नियुक्त भएका छन् ।
मनाङेको गुन तिर्दै मुख्यमन्त्रीले उनलाई तुरुन्तै मन्त्री बनाएका छन् । अन्य पार्टीहरुमा कसलाई मन्त्री बनाउने भन्ने वि’वाद भए पनि मनाङे भने मुख्यमन्त्रीका लागि ‘निर्वि’वाद’ थिए । यद्यपि, उनलाई कुन मन्त्रालय दिने भन्ने टाउ’को दुखा’इ भने बाँकी नै छ । मनाङेले चानचुने होइन, गृह मन्त्रालयमा दा’वी गरेका छन् । योभन्दा अगाडि खाएको युवा तथा खेलकुद मन्त्रालय उनलाई खासै टेस परेको थिएन ।
यसअघि मुख्यमन्त्री गुरुङले मनाङेलाई मन्त्री बनाउँदा चौतर्फी वि’रोध भएको थियो । सामाजिक सञ्जालमा आँ’धितुफान नै आएको थियो । सत्ता जोगाउनकै लागि एउटा पुर्व गु’ण्डा नायि’केलाई मन्त्री बनाउनु निन्द’नीय छ भन्ने आवाज उठेको थियो । यसले नेपालको संघीयताको अभ्यासमाथि नै प्रश्न उठाइएको थियो ।
तर, मनाङे दोस्रोपटक मन्त्री बन्दा भने खासै विरो’धको स्वर सुनिएको छैन । यसरी लिइएको छ, मानौं उनी मन्त्रीका स्वभाविक हकदार हुन् । परिस्थिति हेर्दा मुख्यमन्त्रीले उनलाई महत्वपूर्ण मन्त्रालय नै नसुम्पे’लान् भन्न पनि सकिन्न । त्यस्तो मन्त्रालयमा मनाङेले के गर्लान् भन्ने चि’न्ता नलिँदा पनि हुन्छ । आखिर अरु प्रदेश मन्त्रीले पनि गरेका के नै छन् र ? उनीहरुले गर्नुपर्ने र गर्न सक्ने पनि के नै छ र ?
एमालेका २७ संसद मध्ये २६ ले बिघ’टन रोजेपछि आफूले संसदको ह’त्या गर्न हुँदैन भनेर बिप’क्षीलाई सहयोग गरेको बताउँछन् । अब जनताले त्यी एमालेका २६ जनालाई भोट गर्न नहुने बताए । ईताजा खब’रबाट । हे’र्नुहोस् दिपक मनाङ्गेको पछिल्लो अन्तरवार्ता :-