आइतबार १७ मंसिर २०८०

उर्लाबारी,मोरङ/ स्थानीय प्रवीण बास्तोलाको रहस्यमय मृ’त्युको अनुसन्धानमा प्रहरीले षड’यन्त्र गरेको भन्दै उर्लाबारीका सर्वसाधारणहरु आक्रोशित भएका छन्।

प्रहरीले ह’त्यारालाई जोगाउन अनुसन्धान फाइल नै नक्कली बनाएको,अर्कै फोटो टाँसेर घटनालाई ढाकछोप गरेको र वास्तविकता पत्ता लगाउन आग्रह गर्दा गाली र बलसमेत प्रयोग गरेकोमा उनीहरुले ईन्सपेक्टर उद्धव पोखरेलप्रति आक्रोश व्यक्त गरेका हुन्।

आफ्नै छिमेकमा भएको यस्तो दु’खद् घट’नाको बारेमा बुझिदिन २ महिनासम्म पटकपटक अनुरोध गर्दासमेत मेयर खड्ग फागो कहिल्यै उपस्थित नभई आफ्नो समस्याको बेवास्ता गरेको मृ’तकका परिवार र आफन्तले गुनासो गरेका छन्। आज (सोमबार) ईलाका प्रहरी कार्यालयमा मेयर फागो उपस्थित भएर पनि आफूहरुलाई सान्त्वनाको सट्टा गाली गरेर गएको उनीहरुको भनाइ रहेको छ।

घटनाको छानविनका लागि भन्दै आज गरिएको छलफल चित्त बुझ्दो नभएको भन्दै उनीहरुले बहिष्कार गरेका छन्। सक्कली फाईल हेर्न नपाएसम्म छलफलमा नबस्ने र थप आन्दोलनमा जाने उनीहरुले बताएका छन्।

भिडियो हेर्नका लागि यहाँ थिच्नुहोस्

७३३ पटक हेरिएको

तपाईको प्रतिक्रिया