शनिबार ११ चैत्र २०७९

काठमाडौं / नेपाली कांग्रेसका बाग्मती प्रदेशका सांसद नरोत्तम वैद्यले प्रधानमन्त्री केपी शर्मा ओलीको ह’त्या गर्न आफू तयार रहेको बताएका छन् । बाग्मती प्रदेश सरकारले ल्याएको नीति तथा कार्यक्रममाथि छलफल क्रममा शुक्रबार भाग लिँदै कांग्रेस सांसद वैद्यले ओलीको ह’त्याका ला’गि आफू नाथुराम गोड्से ब’न्न तयार रहेको बताएका हुन् ।

काग्रेस सांसदको सो अराज’कतापूर्ण अभिव्यक्तिको सर्वत्र नि’न्दा भइरहेको छ । प्रधानमन्त्रीको ह’त्या गर्न तयार रहेको अभिव्यक्ति दिने सांसद वैद्यलाई तुरुन्त प’क्रा उ गरी आवश्यक कार’बाही थाल्न समेत देशव्यापी मा’ग भएको छ । वैद्यले महात्मा गान्धीको उदाहारण दिँदै केपी ओलीका लागि आफू नाथुराम गोट्से बन्न तयार रहेको अभिव्यक्ति दिएका हुन् ।

१९४८ जनवरी ३० मा महात्मा गान्धीको ह’त्या नाथुराम गोड्सेले गरेका थिए । उनले राजेन्द्र महतो सहितका नेतालाई मन्त्रिपरिषद् समेटेकोमा आ’पत्ति जनाउँदै मुनुचिया भन्ने देशको उदाहारण प्रस्तुत गरेर आफू गोड्से बन्न तयार रहेको बताएका थिए । उनले ओलीलाई अहिले सत्ता चलाइरहेको अवस्थामा छोड्न नहुने र कोही नाथुराम गोड्से बन्न तयार नभए आफू बन्न तयार रहेको बताए । – नागरिक दैनि’कबाट ।

भिडियो हेर्नका लागि यहाँ थिच्नुहोस्

८०६ पटक हेरिएको

तपाईको प्रतिक्रिया