शुक्रबार २२ मंसिर २०८०

काठमाडौं / रिपोर्टर्स क्लब नेपालका सभापति एवम् प्राइम टिभीका अध्यक्ष ऋषि धमला र महिला, बालबालिका तथा ज्येष्ठ नागरिक राज्यमन्त्री रेनुका गुरुङले काठमाडौंमा निषेधाज्ञाको मा’रमा परेका पी’डितहरुलाई निःशुल्क खाना प्रदान गरेका छन् ।

वीपी स्टडी युथ सर्कलले शुक्रबार आयोजना गरेको विशेष कार्यक्रममार्फत पत्रकार धमला र राज्यमन्त्री गुरुङले संयुक्त रुपमा यसरी खाना वितरण गरेका हुन् ।

कार्यक्रममा संक्षिप्त सम्बोधन गर्दै पत्रकार धमलाले निषेधाज्ञाको मा’रमा परेका जनतालाई रोग र भोकबाट बचाउने दायित्व सरकारको भएको भन्दै यसतर्फ ग’म्भीर पहलकदमी लिन सुझाव दिएका छन् । उनले सरकारले गरिब, असहाय तथा निमुखा जनतालाई भोकबाट बचाउनुपर्ने धारणा राखे ।

निषेधाज्ञा थपिरहने तर भोका जनतालाई खानाको उचित व्यवस्थापन नगर्ने हो भने जनताप्रति अन्या’य हुने उनको धारणा थियो । धमलाले प्रधानमन्त्री केपी शर्मा ओलीले तीनै तहका सरकार प्रमुखलाई जनतालाई रोग,भोक र शो’कबाट बचाउनको लागि आवश्यक कदम चाल्न निर्देशन दिनुपर्ने बताए ।

त्यस्तै, कार्यक्रममा राज्यमन्त्री गुरुङले भने आफू सुरुदेखि नै समाज सेवामा सक्रिय रहेकोले अहिले सरकारमा जानुको मुख्य कारण पनि यही भएको सुनाइन् । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकको हित र भलाईको लागि आफूले सक्दो काम गर्ने पनि प्रबिद्धता जनाईन् ।

६०९ पटक हेरिएको

तपाईको प्रतिक्रिया