शनिबार ३० आश्विन २०७८

काठमाडौं / पूर्वप्रधानमन्त्रीहरु र दलका शीर्ष नेताहरुले लोकतन्त्रको रक्षाका लागि सभामुखको भूमिका महत्वपूर्ण रहेको बताएका छन्। शुक्रबार संघीय संसद्‍ भवन नयाँ बानेश्वरमा सभामुख अग्निप्रसाद सापकोटाले आयोजना गरेको छलफलमा सहभागी पूर्वप्रधानमन्त्रीहरु र दलका शीर्ष नेताहरुले यस्तो बताएका हुन्।

छलफलपछि पत्रकारलाई प्रतिक्रिया दिँदै पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले लोकतन्त्रको रक्षाका लागि सभामुखको भूमिका महत्वपूर्ण रहेकाले त्यसमा लाग्न सुझाव दिएको बताए। ‘उहाँको हातमा महत्वपूर्ण जिम्मेवारी छ’, सभामुखलाई तपाईंहरुले के सुझाव दिनुभयो भन्ने पत्रकारको प्रश्नको जवाफमा भट्टराईले भने, ‘लोकतन्त्रको रक्षाका लागि लाग्नुहोस्, हाम्रो सहयोग रहन्छ, भन्यौँ।’

सभामुख सापकोटाले संविधानभित्र रहेर लोकतन्त्रको रक्षाका लागि काम गर्ने बताएका छन्। सभामुखको भनाइ उद्धृत गर्दै बाबुरामले थपे, ‘संविधानभित्र रहेर लोकतन्त्रको रक्षाका लागि काम गर्छु भन्नु भएको छ।’ बाबुरामले अर्को चुनाव नहुँदासम्म सभामुखको पद रहने हुँदा समसामयिक विषयमा छलफलको आयोजना गर्नु स्वभाविक भएको बताए।

सभामुखसँगको छलफलमा समसामयिक राजनीतिक विषयसँगै राष्ट्रिय सं’कट र कोरोना महामारीको विषयमा छलफल भएको बाबुरामको भनाइ छ। महामारीको रोकथाम तथा नियन्त्रणसँगै राजनीतिक सं’कट समाधानका लागि सबैको साझा धारणा हुनुपर्नेमा जोड दिएको उनको भनाइ छ।

सभामुखले आयोजना गरेको छलफलमा सरकारले आगामी आर्थिक वर्षको बजेटमा व्यापार घा’टा कम गर्न चुरेको गिटी, बालुवा निकासी गर्ने तयारी गरेकोप्रति नेताहरुले आ’पत्ति जनाएका छन्। यो गलत निर्णय भएकाले यसवि’रुद्ध सबै एकजुट हुनुपर्नेमा छलफलमा जोड दिएको उनले बताए।

दोस्रो पटक प्रतिनिधिसभा वि’घटन ग’लत र असंवै’धानिक भएको भन्दै बाबुरामले यसलाई निरंकु’शताको परका’ष्टाको संज्ञा दिए। यो विषयमा सबै दलका १४६ सांसदले स’र्वोच्च अदा’लतमा हस्ताक्षर बुझाएको बाबुरामले प्रष्ट पारे।

संघीय समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले सभामुखसँगको छलफलको निचोड लोकतन्त्र बनाउने मात्र रहेको बताए। ‘समसामयिक विषयमा छलफल भयो’, यादवले भने, ‘आजको निचोड लोकतन्त्रलाई बचा’उने नै हो।’

छलफलका लागि प्रधानमन्त्री, पूर्वप्रधानमन्त्री, संघीय संसदमा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका शीर्ष नेतालाई निम्तो गरिएको थियो। प्रधानमन्त्री केपी ओली छलफलमा उपस्थित भएनन्।

छलफलमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, पुष्पकमल दाहाल ‘प्रचण्ड’, शेरबहादुर देउवा, डा.बाबुराम भट्टराई, जसपा अध्यक्ष उपेन्द्र यादव, राप्रपाबाट दिपक बोहोरा, नेमकिपाबाट प्रेम सुवाललगायत नेता सहभागी भए। छलफलमा पूर्वप्रधानमन्त्री झलनाथ खनाल भर्चुअल माध्यमबाट सहभागी भएका थिए।

प्रतिनिधिसभा दोस्रोपटक विघटन भएपछि सभामुखले पहिलोपटक सर्वदलीय बैठक गरेका हुन्। संविधानको धारा ७६ (५) अनुसार शेरबहादुर देउवा र केपी ओलीले प्रधानमन्त्रीका पेश गरेको दा’बी नपुगेको भन्दै राष्ट्रपति विद्यादेवी भण्डारीले जेठ ८ गते मध्यरातमा प्रतिनिधिसभा वि’घटन गरेर मध्यावधि चुनावको घो’षणा गरेपछि सभामुख सापकोटाले यसलाई असंवै’धानिक भनेका छन्।

गत जेठ १३ गते उनले पूर्वसभामुख, का’नुन व्यवसायी, राजनीतिक दलका नेता लगायतसँग परामर्श गरेका थिए। छलफलमा सापकोटाले जनतालाई केन्द्रबिन्दुमा राखेर असा’धारण निर्णय लिनसक्ने बताएका थिए।

३६५ पटक हेरिएको

तपाईको प्रतिक्रिया