आइतबार १७ मंसिर २०८०

काठमाडौं/ ‘मेरो श्रीमानको ह’त्यारालाई के को आधारमा छोडियो ?’ २०६८ सालमा जेलभित्रै ह’त्या गरिएका चितवनका शिवप्रसाद पौडेलका ह’त्यारालाई प्रजातन्त्र दिवशका दिन राष्ट्रपतिबाट आममा’फी दिइएपछि पौडेलकी श्रीमती बिनु रायमाझी पौडेल ४ दिनदेखि यीनै प्रश्नको उत्तरको खोजीमा छन्।

मान्छे मा’रेर जे’ल परेका र फेरी जे’लभित्रै अर्को व्यक्तिलाई कु’टीकुटी मा’र्ने ह’त्यारालाई ज्ञानी र असल भनेर उ’न्मुक्ति दिन मिल्छ राष्ट्रपति ज्यू?’ बिनुले प्रश्न गरिन्। राज्यको संरक्षणमा राखीएका पौडेलका ह’त्यारा सावित भइ कार’बाही भोगीरहेका फणिन्द्र श्रेष्ठ,सुनिल केसी र दिलबहादुर मोक्तानलाई फागुन ७ गते आममा’फी दिइएपछि बिनुले न्या’यकालागि फेरि ल’ड्ने बताएकी छन्।

२७ वर्षको उमेरमा बिनुले श्रीमान गु’माइन्। चितवनको केराबारीमा भएको एक व्यक्ति ह’त्याको केशमा उनका श्रीमान् २०६८ भदौमा जे’ल परेका थिए। थुनछेक बह’सकालागि कारा’गार चलान गरिएका शिवको मंसिर २० गते राती २ बजे सुतिरहेका बेला च’क्कु, ख’न्ति, चापा’कलको झाप,र’ड प्रयोग गरी नि’र्मम तरिकाले कु’टपिट गरियो। पौडेललाई पुष २ गते मृ’त घोषणा गरियो।

२०६६ जेठमा शिवका भाइ गोबिन्द पौडेलको भरतपुर १० मा धा’रीलो हति’यार प्रयोग गरी ह’त्या भएको थियो। सोही के’शमा चितवनका श्रेष्ठ, केसी र मोक्तान जे’ल परेका थिए। उनीहरुले नै शिवको पनि जे’लभित्रै ह’त्या गरिदिए। पौडेल दाजु भाइको ह’त्यामा संलग्न श्रेष्ठ,केसी र मोक्तानलाई प्रजातन्त्र दिवशका दिन राष्ट्रपतिबाट आम माफी दिइयो। तीनै जना ओली पक्षीय नेकपा समर्थक हुन्। श्रोतका अनुसार यी तीन जना तत्कालिन समयमा एमालेका नेताहरुको ठेक्का पट्टामा बिचौ’लीयाको काम गर्ने सक्रिय युवा हुन्। (नागरिक दैनिकबाट)

८५० पटक हेरिएको

तपाईको प्रतिक्रिया