आइतबार १२ चैत्र २०७९

सिमकोट / माथिबाट खसेको ढुङ्गा लागेर नाम्खा गाउँपालिका–४ चालामा रहेको गुम्बा भ’त्किएको छ । केही दिनअघि परेको अविरल वर्षाका कारण माथिबाट आएको ढुङ्गाले क्ष’ति पु¥याएपछि गुम्बामा रु ८० लाख बराबरको क्ष’ति भएको स्थानीय तोप छिरिङ लामाले जानकारी दिनुभयो ।

“गएको जेठ २१ गते राति माथिबाट आएको ढुङ्गाले गुम्बामा ठूलो क्ष’ति पु¥याएको छ”, लामाले भन्नुभयो, “ढुङ्गा लागेपछि गुम्बाको एक भागको पर्खाल भत्किँ’दा गुम्बाभित्र रहेको मूर्तिलगायत अधिकांश सामग्रीमा क्ष’ति पुगेको छ ।”

लामा सांस्कृति र परम्परालाई जोगाइराख्न र बौद्ध धर्मालम्बीले दैनिक पूजापाठ गर्न लामो समय पहिले गाउँमै निर्माण गरिएको गुम्बामा माथिबाट आएको ढुङ्गाले झण्डै रु ८० लाख बराबरको क्ष’ति गरेको नाम्खा–४ का वडाध्यक्ष सोनाम हिसे तामाङले बताउनुभयो ।

ढुङ्गाले रु ८० लाख बराबरको क्ष’ति पुगेको छ । यालवाङबाट गएको प्रह’रीको टोलीले गरेको स्थलगत मुचुल्काका अनुसार गुम्बामा अहिले रु ८० लाख बराबरको क्ष’ति पुगेको हो”, वडाध्यक्ष तामाङले थप्पनुभयो ।

लामा समुदायले हरेक बस्तीमा ठूलो लगानीले निर्माण गरेको गुम्बामा बहुमूल्य धातु र मूर्तिसमेत राख्ने भएकाले निकै ठूलो क्ष’ति भएको स्थानीयवासीले बताएका छन् । नाम्खा गाउँपालिकाको चालागाउँ जिल्ला सदरमुकाम सिमकोट र नाम्खाको केन्द्र याल्वाङदेखि पनि निकै दूरद’राजको बस्तीका रूपमा चिनिन्छ । – रासस

५४२ पटक हेरिएको

तपाईको प्रतिक्रिया