
झापा / झापाको मेचीनगर नगरपालिका वडा नं, १० का वडा अध्यक्ष सुवेशकुमार (सुदय) पनेरुले खोप लगाउन आएका सर्वसाधारणमाथि अ’भद्र ब्यवहार गरेका छन् ।
बिहीबार धुलाबारी स्वास्थ्य केन्द्रमा कोरोना बिरुद्धको चिनिया खोप भेरोसेल लगाउन आएका ६२ देखि ६४ बर्ष उमेर समुहका सयौं ब्यत्तिहरूलाई उनले अभ’द्र ब्यवहार गर्दै खोप हिजो नै सकियो भन्दै त्यसै घरतिर फर्काए ।
खोप लगाउन आएका सर्वसाधारणलाई खोप सकियो भनेर फर्काए पछि उनीहरूले कसरी सकियो ? भनेर प्रश्न गर्दा वडा अध्यक्ष पनेरुले ‘मैले भनेपछि सि’द्धियो, धेरै कुरा नगर्नुहोस् भन्दै थर्का’एको प्रत्यक्षदर्शीले बताए ।’
तोकिएका उमेर समुहकाले नलगाइ कसरी खोप सिद्धियो भनेर प्रश्न गर्दा वडा अध्यक्षले अप-शब्द बोल्दै झ’म्टिए पछि खोप केन्द्रमा निक्कै तना’व उत्पन्न भएको थियो । अन्य सेवाग्राही समेत वडा अध्यक्षको त्यस्तो अभ’द्र ब्यवहार देखेर अस’हज महशुस गरिरहेका थिए ।
‘खोप किन पुगेन भन्दै गएर खड्ग ओलीलाई सोध्नु’ वडाध्यक्ष पनेरु प्रश्नकर्ता मेचीनगर ९ का कमल पौडेलमाथि आक्रा’मक रुपमा प्रस्तुत हुँदै खनि’एका थिए ।
साथै खोप वितरणमा अनिय’मितता भएको भनेर आफुसँग नि’हुँ नखोज्न वडाध्यक्षले पौडेललाई ठा’डो चुनौ’ती दिनु भयो ।
वडा अध्यक्ष पनेरुले सरकारले तोकेको मापदण्डभन्दा बाहिरका मानिसलाई पनि खोप लगाएका कारण लक्षीत उमेर समुहले खोप लगाउन नपाएको आ’रोप लगाएका छन् ।
यता सञ्चारकर्मीले सो विषयमा प्रश्न गर्दा वडाध्यक्ष पनेरुले पनि सो कुरा स्वीकारेका छन् । ‘हिजो २ः३० बजेसम्म तोकिएकै उमेरकालाई खोप लगायौं’ वडा अध्यक्ष पनेरुले सञ्चारकर्मीहरुलाई भने, ‘खोप फर्किएर नजाओस् भनेर हिँजो अपरान्ह अन्य उमेर समुहकालाई पनि लगाइदियौं ।’
सरकारले ६२ देखि ६४ बर्षका नागरिक, यस अघि भेरोसेल खोप लगाएकाहरुलाई दोस्रो डोज र स्वास्थ्यकर्मीहरुलाई जेठ २५ गतेदेखि खोप लगाउने सूचना गरे पनि मेचीनगरमा भने २६ गतेदेखि मात्रै खोप लगाउन शुरु भएको थियो । युवराज आचार्य , new’s 24 nepal बा’ट ।