
काठमाडौं / सधैँका वर्षहरुमा महानायक राजेश हमालले पशुपति क्षेत्रका वृद्धाश्रममा पुगेर मनाउने गरेका थिए । तर यसपटकको जन्मदिनमा अभिनेता राजेश हमालले भिन्न अनुभवको महसुस गरे ।
उनले फरक ठाउँमा पुगेर जन्मदिन मनाए । महानायक हमालले बुधबार ५७ औं जन्मदिन मनाउन नवनिर्मित धरहरा पुगे । निषेधाज्ञाका कारण अप्ठे’रोमा परेकाहरुलाई सहयोग गर्दै वाहिर निस्केका उनी धरहरामा जन्मदिन मनाउन पनि पुगेका छन् ।
आफ्ना नजिकका केही साथी सहित नवनिर्मित धरहराको बार्दलीमा पुगेर हमालले पत्नी मधुसँगै जन्मदिन केक का’टेका थिए । उनको जन्मदिनमा सामाजिक सञ्जालमा शुभकामना दिनेहरु थुप्रै देखिएका थिए । महामारीका जोखि’मका कारण उनले पत्नी मधु र केही नजिकका साथीहरुका बीचमा सामान्य तरिकाले जन्मदिन मनाएका छन् ।
बुधबारै हमालले राजधानीको एक सामाजिक संस्थामा पुगेर खाद्यान्नसहितको राहत सामग्री वितरण गरेका थिए । यसअघिका जन्मदिन उनले पशुपतिको वृद्धाश्रममा पुगेर मनाउने गर्थे । तर यो पटक उनलाई धरहरामा जन्मदिन मनाउन जुरेको रहेछ । हे’र्नुहोस् भिडियो :-