शुक्रबार १७ चैत्र २०७९

काठमाडौ / काठमाडौं महानगरपालिका ३१ नयाँ बानेश्वरकी सम्झना बानियाँले महि’नावारी भएको समयमा स्यानि’टरी प्या’ड प्रयोग गर्न छोडिसक्नुभएको छ । उहाँले दुई बर्ष यता महि’नावारी कप प्रयोग गर्दै आउनुभएको छ । बानियाँ भन्नुहुन्छ ‘प्या’ड जसरी बेला बेलामा किनिरहनु नपर्ने, फेरिरहनु नपर्ने भएकाले मलाई त यही सजिलो लाग्यो । ’

महानगर १५ स्वयम्भुकी प्रमिला महर्जन पनि महि’नावारी कप नै प्रयोग गर्नुहुन्छ । गाउँघरमा गईरहनु पर्ने हुँदा स्या’निटरी प्या’ड किन्न नपाईने ठाउँमा महि’नावारी कप झनै प्रभावकारी हुने उहाँको अनुभव छ । प्रमिला भन्नुहुन्छ ‘हामी जस्तो सामाजिक काममा घर बाहिर निस्किरहनु पर्ने महिलाले ब्याग भित्र स्यानिटरी प्याड जोहो गरेर बोकिरहनु भन्दा महि’नावारी कप बोक्यो हिड्यो ।’

सा’रीको टालो वा कपडाको टुक्रा प्रयोग गरेर जीवन कटाएका हजुरआमा र आमाहरुलाई यो कुरा सुन्दा अचम्म लाग्न सक्छ । तर सहरीया र पढे लेखेका महिलाले महि’नावारी कपलाई आफ्नो रोजाई बनाउन थालेका छन् । शहरीया र शिक्षित महिला माझ महि’नावारी कपले बजार जमाउन थालिसकेको छ ।

महि’नावारी शिक्षाको क्षेत्रमा काम गर्दै आएको डेज फर गर्ल्सकी निर्देशक माया खैतु भन्नुहुन्छ ‘हामीले दुई महिनाकै अवधिमा ५ सय थान विक्री गरिसक्यौं, अहिले त महि’नावारी कप सफा गर्ने महि’नावारी वा’सिङ कप समेत पाईने भएकाले सजिलो भएको छ ।’

के हो महि’नावारी (Mens’trual Cup) कप ?

महि’नावारी कप, हेर्दा कप जस्तै देखिने १०० प्रतिशत उच्च गुणस्तरीय मेडिकल ग्रेड सिलिकनले बनेको हुन्छ । यो एक पटक किनेपछि १२ बर्षसम्म प्रयोग गर्न मिल्ने गरी बनाएको हुन्छ । यो विभिन्न रङ र आकारमा किन्न पाईने मेरी स्टोप्स्की निसा राउतले जानकारी दिनुभयो । उहाँका अनुसार महि’नावारी कप स्यानि’टरी प्या’ड भन्दा धेरै गुणा फाइदाजनक भएकाले विशेष सहरीया महिलाको रोजाईमा पर्दै गएको छ ।

सहरीया महिलाको रोजाईमा पर्नुको कारण :

महि’नावारी कप नियमित प्रयोग गर्ने महिलाहरु भन्छन् ‘यो प्रयोग गर्दा अति सजिलो हुन्छ । प्याड लगाउँदा बाहिर नै आकार देखिन्छ । तर कप यो,नी भित्र राख्ने भएकाले अरु मानिसलाई थाहा नै हुँदैन र अस’जिलो पनि हुँदैन ।’

– आर्थिक रुपमा किफायती

नयाँ बानेश्वरकी सम्झना बानियाँ यो सुरुमा किन्दा निक्कै महँगो लागेपनि तुलनात्मक रुपमा स्यानि’टरी प्या’ड भन्दा निक्कै सस्तो हुने बताउनुहुन्छ । ‘एक पटकको महि’नावारी चक्रमा करिब २ सय सय रुपैयाँ प्या’डमा मात्र खर्च हुन्छ । यो हिसाबले एक बर्षमा त २ हजार भन्दा बढी खर्च हुन्छ । यो हिसाबले १० बर्षमा २० हजार बढी खर्च हुन्छ । तर २ हजारमा किनेको महि’नावारी कपबाट १० बर्षसम्म प्रयोग गर्दा करिब २० सै हजार रुपैयाँ बचाउन सक्छौं ।’

– वातावरणमैत्री :

हे’र्नुहोस् त स्या’निटरी प्या’ड प्रयोग गरेर जहाँ पायो त्यही फा’ल्नाले वातावरण विग्रिर’हेको छ । शौ’चालयमा फ्याँ’क्दा शौ’चालय जा’म भएर अर्को टेन्स’न । कहिलेकाहीं कुकुरले बोकेर बजार बजारमा कुदिर’हेको हुन्छ, कस्तो अशोभ’नीय । यसले वातावरणलाई नराम्रो असर पारिरहेको छ । महि’नावारी कप प्रयोगकर्ताहरु भन्छन् ‘महि’नावारी कपको प्रयोगले वातावरणमा त्यस्तो रग’तजन्य प्या’डहरुको अ’न्त्य हुन्छ । एक पटक किनेपछि यो १० बर्षसम्म त फ्याँ’क्नै पर्दैन।’

– स्वस्थकर :

महि’नावारी कप प्या’डको तुलनामा अति स्वस्थकर भएको यसका बजार प्रबद्र्धकहरु बताउँछन् । प्या’ड लामो समयसम्म प्रयोग गर्दा यसैका कारण विभिन्न संक्रमणहरु हुन सक्छ । कतिपय प्रज’नन स्वास्थ्यसँग सम्बन्धित समस्या स्यानि’टरी प्या’डकै कारण उत्पन्न हुने गरेको डाक्टहरु बताउँछन् ।

तर महि’नावारी कप १०० प्रतिशत उच्च गुणस्तरीय मेडिकल ग्रेड सिलिकनले बन्ने भएकाले शरिरमा छुँदा ए’लर्जी आउने वा अरु रासायनिक कारणले समस्या आउने हुँदैन । नेपालमा मेरी स्टोप्स, पुतली नेपाल, डेज फर ग’र्ल्स लगायत थुप्रै संघसंस्थाले महि’नावारी कपको बजारीकरण गर्दै आएको छ । वासखबर बा’ट ।

१००२ पटक हेरिएको

तपाईको प्रतिक्रिया