आइतबार ०७ आश्विन २०८०

काठमाडौं / महानगरपालिकाले खोप अभाव भएको जनाई कोभिड–१९ विरु’द्धको चिनियाँ खोप लगाउने अभियान दुई दिन अगाडि नै रो’केको छ । कामपाले यही जेठ २५ देखि ६० देखि ६४ वर्ष उमेर समूहका नागरिकलाई भेरोसेल खोप अभियान जेठ २९ गतेसम्म सञ्चालन गर्ने भने पनि सरकारले खोप उपलब्ध गराउन नसकेको कारण देखाउँदै शुक्रबारदेखि खोप कार्यक्रम स्थगन गरिएको जनाएको छ ।

कामपा स्वास्थ्य विभाग प्रमुख हरि कुँवरले भन्नुभयो, “स्वास्थ्य सेवा विभागको खोप महाशाखाबाट भोलि(शुक्रबार)देखि खोप उपलब्ध गराउन नसक्ने जानकारी आएपछि दुई दिनअगावै अभियान रोकिएको हो ।” तीन दिनका अवधिमा सो उमेर समूहका करीब २८ हजार नागरिकलाई पहिलो मात्राको खोप दिइएको जनाइएको छ । जिल्ला जनस्वास्थ्य कार्यालयले कामपालाई ३२ हजार मात्र खोप उपलब्ध गराएकामा तीन दिनका अवधिमा २८ हजार प्रयोग भइसकेको छ ।

‘सरकारले ६५ हजार डोज खोप उपलब्ध गराउँछु भनेपछि खोप लगाउने कार्यक्रम सुरु गरेका थियौं अहिले २८ हजारलाई लगाई सकेपछि रोक्नु परेको छ,’ जनस्वास्थ्य प्रमुख कुँवरले भने,’अब बाँकीलाई कसरी खोप लगाउने कुनै निश्चित भएको छैन ।’ कार्यक्रम अनुसार काठमाडौं महानगरले गएको मंगलबारदेखि पाँच दिनसम्म उमेर समूह अनुसार दिन तोकेर खोप कार्यक्रमको तालिका नै सार्वजनिक गरेको थियो ।

३५६ पटक हेरिएको

तपाईको प्रतिक्रिया