
काठमाडौं / सर्वो’च्च अदा’लतले नागरिकता अध्यादेश कार्यन्वयन नगर्न अन्तरिम आ’देश जारी गरेको छ । बिहीबार प्रधानन्या’याधीश चोलेन्द्रशम्शेर जबरा, न्याया’धीशहरु दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडाको इजला’सले अध्यादेश कार्यान्वयन नगर्न सरकारको नामामा अन्तरिम आ’देश जारी गरेको हो ।
‘नागरिकता दिने सम्बन्धमा नीतिगत व्यवस्था गर्ने विषय महत्वपूर्ण र संवेद’नशील कुरा हो’, आदे’शमा भनिएको छ, ‘वास्तविक नेपाली नागरिकले नेपाली नागरिकताको प्रमाणपत्र पाउनु नै पर्दछ भने गैर नेपालीलाई कानू’नबमोजिम प्रक्रिया पुरा गरेर अंगिकृत वा मानार्थ नागरिकता दिने जस्ता कुरामा बाहेक नेपाली नागरिकताको प्रमाणपत्र दिन सकिँदैन ।’
त्यस्तै गैर नेपाली व्यक्तिलाई नेपाली नागरिकताको प्रमाणपत्र दिन नमिल्ने सर्वो’च्चको ठहर छ ।
सर्वो’च्चले जारी गरेको अन्तरिम आदेशको आठौँ बुँदामा यो प्रकारको अध्या’देश विवा’दित साथै नेपालको संविधानको धारा (११४) अनुकुल नभएको बताइएको छ । साथै यो विचरणीय भएकाले संघिय संसदबाट पारित हुन नसकेको स्थितीमा सो अध्या’देश बमोजिम विप’रित नेपाली नागरिकताको प्रमाणपत्रको विषयमा का’नूनी जटि’लता पैदा हुने उल्लेख गरिएको छ ।
यसप्रकारको विषयमा संघीय संसदबाट विधेयक पारित भई निर्माण भएको ऐ’नबाट नै आवश्यक व्यवस्था मिलाउन उचित हुने सर्वो’च्चले उल्लेख गरेको छ ।