मंगलबार १६ आश्विन २०८०

काठमाडौं / प्रधानमन्त्री केपी ओलीले मन्त्रिपरिषद् विस्तार गरेका छन्। सात मन्त्री र एक राज्यमन्त्री नियुक्त गर्दै प्रधानमन्त्री ओलीले बिहीबार मन्त्रिपरिषद् विस्तार गरेका हुन् । नव नियुक्त मन्त्रीको शपथको तयारी तयारी गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ।

ओलीले सात मन्त्री र एक राज्यमन्त्री नियुक्त गर्दै मन्त्रिपरिषद्लाई पूर्णता दिएका हुन् ।

नयाँ थपिएका मन्त्रीमा गृहमन्त्रीमा खगराज अधिकारी, सञ्चारमा नैनकला थापा (रामबहादुर थापा ‘बादल’ पत्नी), वनमा नारदमुनि राना, कृषिमन्त्रीमा ज्वालाकुमारी शाह, उद्योगमा राजकिशोर यादव, सामान्य प्रशासनमा गणेश पहाडी, रक्षा मन्त्रालय प्रधानमन्त्री आफैँ, प्रधानमन्त्री कार्यालय रहने गरी मोहन बाँनिया र वन राज्यमन्त्रीमा आशा विक रहेका छन्।

गत शुक्रबार प्रधानमन्त्री ओलीले जनता समाजवादी पार्टी (जसपा) का महन्थ ठाकुर–राजेन्द्र महतो पक्षबाट ८ मन्त्री र २ राज्यमन्त्री थपेका थिए।

को हुन् गृहमन्त्री खगराज अधिकारी

एमालेको दोस्रो पुस्ताका परिचित नेता हुन् खगराज अधिकारी । विद्यार्थी राजनीतिबाट उदाएका अधिकारी २०३६ सालको विद्यार्थी आन्दोलनबाट राजनीतिमा हो’मिएका नेता हुन् । पोखरास्थित पृथ्वीनारायण क्याम्पसको दुई पटक स्वतन्त्र विद्यार्थी युनियनको नेतृत्व लिएका अधिकारीको राजनीतिक जग विद्यार्थी जीवन नै हो ।

जिम्मेवारीको हिसाबले अधिकारी २०५१ सालमा एमाले संसदीय दलको सचेतक बनेका थिए । संसदीय दलको जिम्मेवारीको हिसाबले हेर्दा २०७४ सालमा उनी छोटो समय प्रमुख सचेतक भए ।

अधिकारी मन्त्री बनिसकेका छन् । उनले सुशील कोइराला नेतृत्वको सरकारमा स्वास्थ्यमन्त्रीको जिम्मेवारी पाएका थिए । पछिल्लो समय प्रधानमन्त्री ओलीले उनलाई गृहमन्त्री बनाएका हुन् ।

बादल पत्नीलाई सञ्चार मन्त्रालय

अघिल्लो पटकको मन्त्रिपरिषद् विस्तारविरुद्ध सर्वो’च्च अदा’लतले लिखित जवाफ मागेको छ । उक्त जवाफ नदिँदै प्रधानमन्त्रीले मन्त्रिपरिषद् विस्तार गरेका हुन् ।
ओलीले एमाले र राजपालाई समेटेर मन्त्रिपरिषद् विस्तार गरेका हुन् ।

ओली सरकारमा पूर्वमाओवादी खेमाबाट दुई मन्त्री बनेका छन् । पूर्वमाओवादी नेताले पुनः आफै मन्त्री बन्ने कसरत गरे पनि सर्वोच्चको निर्णयले त्यो बाटो बन्द गरिदिएपछि ओलीले पूर्वमाओवादी खेमाबाट बादल पत्नी नैनकला थापा र ज्वालाकुमारी साहलाई मन्त्री बनेका हुन् ।

जेठ ६ गते सर्वो’च्च अदा’लतले पूर्वमाओवादी खेमाका सात मन्त्रीलाई पदमुक्त गरेको थियो । कृषिमन्त्री साह प्रदेश २ को पूर्वप्रदेशसभा सदस्य हुन् । माओवादी केन्द्रबाट एमालेमा प्रवेश गर्दा उनको प्रदेशसभा सदस्य पद गएको थियो ।

९४१ पटक हेरिएको

तपाईको प्रतिक्रिया