शुक्रबार १२ आश्विन २०८०

धरान, जेठ २७ गते / चुरे क्षेत्रमा पर्ने धरानको सर्दु खोलामा स्काभेटर प्रयोग गरेर भइरहेको उत्खनन रो’क्न पुगेको एक टोलीलाई ठेकेदारबाट परिचालित समूहले सांघा’तिक आक्र’मण गरेको छ।

स्थानीयवासीसहित बुधबार दिउँसो करिब पौने २ बजे सर्दु खोलमा पुगेको टोलीले उत्खनन रोकेपछि डेढ दर्जन मोटरसाइकलमा आएको युवाहरुको समूहले आ’क्रमण गरेको हो। ठेकेदारबाट परिचालित युवाहरुको समूहको आ’क्रमणबाट राजेश खिम्दुङ ग’म्भीर घा’इ ते भएका छन् भने अन्य आधा दर्जन व्यक्तिहरु पनि घा’इ ते भएका छन्। प्र’हरीले उत्खनन रो’क्न गएका घा’इ ते खिम्दुङसहित ७ जनालाई निय’न्त्रणमा लिएको छ।

उनीहरुले अरा’जक शैलीमा गएर चालकहरुलाई कु’टपिट गरेको उ’जुरी परेकोले नियन्त्र’णमा लिइएको डिएसपी ज्ञानेन्द्र बस्नेतले जानकारी दिए। ‘निषेधाज्ञाको बेला त्यसरी हुल बाँधेर अरा’जक शैलीमा जान हुदैन, चालकहरुलाई कु’टपिट भएको उजु’री आएको छ, का’रबाही हुन्छ,’डिएसपी बस्नेतले भने,‘नियमसंगत ठेक्का लागेर काम भइरहेको ठाउँमा गएर जो कोहीले रो’क्न मिल्दैन, रोक्नुपर्ने हो भने सम्बन्धित निकायहरु हुन्छन्।’

उत्खनन रोक्न जानेहरु धरानका हर्क साम्पाङले नेतृत्व गरेको टोली हो। सर्दु खोलामा जथा’भावी उत्खनन भइरहेको र त्यहाँको नदीजन्य सामग्रीहरु भारत निकासी भएको भन्दै साम्पाङको नेतृत्वमा केही दिनदेखि उत्खनन रोक्ने प्रयास भइरहेको थियो। बुधबार घ’ट ना हुँदा भने साम्पाङ थिएनन्।

खोलामा पुगेर उत्खनन रोकेपछि स्काभेटर, ट्रिपरलाई फर्काइरहेको बेला मोटरसाइकलमा आएर गु’ण्डागर्दी शैलीमा आफूहरुलाई आ’क्रमण गरेको घा’इते खिम्दुङले बताए। ‘यहाँ स्थानीयले ढुंगा टिप्न पनि पाउदैन, तर यसरी मेशिन लगाएर धमाधम उत्खनन भइरहेको छ। यो रोक्नुस्, कि स्थानीयलाई पनि खन्न दिनुस् भन्यौं,’उनले भने,‘त्यही बेला गु’ण्डागर्दी शैलीमा आएर हामीलाई ढुं’गाले हा’नेर मा’र्नै खोजे।’

ठेकेदार प’क्षले भने नियमपूर्वक ठेक्का पाएर उत्खनन भइरहँदा सरोकार नभएका व्यक्तिहरु आएर जब’र्जस्ती रोकेको र अपरेटरलाई हा’तपात गरेपछि कामदारहरुले सामान्य रुपमा प्रति’कार गरेको भन्दै ब’चाउ गरेको छ। ‘कहाँ कहाँको मान्छेहरु आएर काम रोक्नु भने। रोकेका थियौं, तर अपरेटरलाई हा’तपात गरेपछि कामदारहरु मिलेर दुई चार झाप’ड हाने’को हो,’ठेकेदारका कर्मचारी देव क्षेत्रीले भने,‘घा’इते भएकाहरु भा’ग्ने हुँदा आफै ल’डेर चो’ट लागेको हो।’ नागरिक दैनि’कबाट / फा’ईल तस्विर ।

६०७ पटक हेरिएको

तपाईको प्रतिक्रिया