
काठमाडौं / बालबालिकामा देखा पर्ने ‘मल्टि–सिस्टम इन्फ्लेमेटरी सिन्ड्रोम’ भनेको के हो ? भन्ने सबैलाई जिज्ञासा हुनसक्छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ‘मल्टि–सिस्टम इन्फ्लेमेटरी सिन्ड्रोम’ भनेको कोरोनो संक्रमित बालबालिकाहरुमा देखिने मु’टु, फो’क्सो, मिर्गौला, छाला, आँखा लगायतका अंगहरु सु’न्निने समस्या हो ।
सामान्यतय बालबालिकामा कोरोना संक्रमित भएको दुईदेखि चार साताभित्र यो समस्या देखा पर्ने गर्छ । ‘मल्टि–सिस्टम इन्फ्लेमेटरी सिन्ड्रोम’का लक्षणहरु निम्नानुसार रहेका छन्…
– आँखा रातो हुनु ।
– ज्वरो आउनु ।
– सास फेर्न गाह्रो हुनु ।
– छाला, ओठ वा नङ निलो हुनु ।
– घाँटी दुख्नु ।
– शरीरमा डाबर आउनु ।
– पेट दुख्नु ।
– थकान महसुस हुनु ।
कोरोना संक्रमित वा संक्रमितसँग सम्पर्कमा आएका बालबालिकाहरुलाई लगातार तीन दिनसम्म ज्वरो आएमा र ‘मल्टि–सिस्टम इन्फ्लेमेटरी सिन्ड्रोम’का कुनै पनि लक्षणहरु देखा परेमा तुरुन्त अस्पताल लैजानका लागि स्वास्थ्य मन्त्रालयले सबैलाई आग्रह पनि गरेको छ ।
बालबालिकामा ‘मल्टि–सिस्टम इन्फ्लेमेटरी सिन्ड्रोम’का लक्षणहरु देखा परेमा के गर्ने ? भन्ने सबैको चासो हुनसक्छ । मन्त्रालयका अनुसार यो समस्या के कारणले देखिन्छ ? भनेर यकिन भइसकेको छैन ।
तर, कोरोना संक्रमित वा संक्रमितको सम्पर्कमा आएका बालबालिकामा यो समस्या देखिने गरेको मन्त्रालयले जनाएको छ । साथै, यस्तो समस्या आउन नदिनका लागि जनस्वास्थ्य सुरक्षाका मापदण्ड पूर्ण पालना गर्ने र गराउनुपर्ने मन्त्रालयले जनाएको छ । – फा’ईल तस्विर ।