
कुकुरडाइनो नेपालमा जंगली अवस्थामा पाइने औषधीय गुण भएको वनस्पति हो । जंगलमा पाइने भएर मानिसले खासै वास्ता नगरेको यो बनस्पतीमा बहुउपयोगी औषधीय गुण रहेको पाइएको छ । मधुमेह (सुगर) का बिरामीले यसको मुन्टा खाँदा फाइदा हुने देखिएको छ ।
त्यस्तैगरी उ’च्च रक्तचा’पका बिरामीले पनि यसको मुन्टालाई तरकारीका रुपमा सेवन गर्नु फाइदाजनक मानिन्छ । गानोगोलाका बिरामीले बिहान खालिपेटमा यसको रस पिउनु राम्रो मानिन्छ । बहुवर्षीय पोथ्रा वर्गमा पर्ने यो वनस्पति लहरायुक्त हुने गर्दछ ।
कुकुरडाइनो एउटा लहरो प्रजातिको बनस्पति हो यो गर्मि क्षेत्रमा बिशेष गरी तराई, भावर क्षेत्र र पहाडको तल्लो भेग (बेँसी) मा पाइन्छ यसको लहरोमा काँडा हुन्छ्न्। बाक्लो देखिने र यसो हेर्दा यसका पानका जस्ता पात हुन्छन् यो बाख्राको लागि घाँसको रुपमा पनि प्रयोग हुँदै आएको बनस्पति हो । यसका साथै गाउँघरतिर दुधबाट दहि बनाउँदा ठेकिभाँडा सच्याउन पनि यसका पात टिपेर दुधमा मिसाउने गरिन्छ ।
हिन्दु संस्कारमा यो साउने संक्रान्तिमा लुतो फाल्दा नभै हुँदैन । लुतो फाल्दा कुकुरडाइनो ,भलायो,मकैको बोट ,सिरु ,बेसार ,काग भलायो ,कुरिलो आदि बनस्पतिहरु चाहिन्छ । कुकुर डाइनो एक औषधीय गुण भएको लहरा मानिन्छ ।
कुकुरडाइनो अलि बढि मल भएको ठाउँमा पाइन्छ भने यसको मुन्टा ठुला ठुला हुन्छन् । यसका मुन्टा टिपेर तरकारी वा अचार बनाएर खान सकिन्छ । स्वास्थका हिसाबले अति नै लाभदायक हुन्छ । आजकाल जङ्गलबाट टिपेर ल्याएर शहरमा पनि बेचबिखन गरेको पाइन्छ ।